सानिमा बैंक: पार्टनर खोज्न बिहीबार बैठक, ‘दुई वटा मिलेर नयाँ बैंकपनि बन्न सक्छ’

काठमाडौं । मर्जर पार्टनर खोज्न गैर आवसीय नेपालीहरूको लगानी रहेको सानिमा बैंक संचालक समितिको बैठक विहीबार बस्ने भएको छ । बिहीबार बस्ने संचालक समितिको बैठकले मर्जर तथा एक्विजिशन कमिटी गठन गर्नेछ । सोही कमिटीले के कसरी कोसँग मर्जर गर्दा बैंकलाई अझ बढी फाइदा हुन्छ त्यहि अनुसारको पार्टनर खोज्ने बैंक स्रोतले बताएको छ । दुई वटा बैंक मिलेर नयाँ बैंक स्थापना हुनपनि सक्ने स्रोतले बतायो । हाम्रो बैंक र मर्जर गर्ने बैंककाबीच नामको विषयलाई लिएर निर्णय हुन सकेन भने नयाँ नामको बैंकपनि जन्मन सक्नेछ । अहिले राष्ट्र बैंकले बैठक बोलाएर छलफल मात्र गरेको हो । आगामी २७ गते आउने मौद्रिक नीतिले यस विषयलाई कसरी सम्बोधन गर्छ, कस्तो इन्सेन्टिभ दिन्छ, यसका आधारमा मर्ज तथा एक्विजिशन गर्न सकिने बताइएको छ । राष्ट्र बैंकले गत १२ गते वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिककृतलाई बोलाएर मर्जरमा जान निर्देशन दिएको थियो । ती बैंकरले मौद्रिक नीतिले दिने सहुलियतपछि मात्रै मर्जरका विषयमा गहन ढंगले छलफल अघि बढ्नेछ । ‘राष्ट्र बैंकले पक्कैपनि केही सहुलियत दिन्छ होला, त्यसपछि कुन मोडेलमा जाने भन्ने तय हुन्छ, त्यसैअनुसार हामीहरु अघि बढ्छौं’ श्रोतले भन्यो ।

सांग्रिला बैैंकको शाखा सिमकोट हुम्लामा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँपालीकाका अध्यक्ष पदम बहादुर लामाले सयूक्त रुपमा गरेका हुन् । कार्यक्रममा उधोग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकाया, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, सभाका प्रमुख अतिथी सिमकोट गाउ पालिकाका प्रमुख पदमबहादुर लामा लगायतले आफ्नो मन्तव्य राख्दैं बैंक संचालन भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईले बैंकले यस जिल्लामा यस अघि समेत कर्जा लगानी गरिसकेको रसंकलन भएको सम्पूर्ण निक्षेप यही क्षेत्रमा लगानी गरिने व्यहोरा जानकारी गराउँदै बचत गर्ने बानी बसाल्नु आवश्यकता रहेका कारण बैंकले घरदैलो एवम् नेपाल सरकारको खोलौै खाता अभियानलाई पनि जारी राख्ने जानकारी गराए । काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने थप ५ शाखा उद्घाटनको तयारीमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए ।

गोठाटार र सूर्यबिनायकमा मुक्तिनाथको शाखा बिस्तार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक र काठमाडौं जिल्लाको गोठाटारमा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ । सूर्यविनायक शाखाको समुद्घाटन प्रतिनिधि सभाका सदस्य तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले गरे । शाखाकार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवाप्रदान गर्नु पर्नेमा जोड दिए । गोठाटार शाखाको समुद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल(धुर्मुस), संस्थापक सेयरधनी, स्थानीय समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।