ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सेवा सम्झौता

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौता पश्चात चितवन लगायत आसपास क्षेत्रका कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । उक्त सम्झौतापत्र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं ५ का क्षेत्रीय प्रबन्धक चरन तिमिल्सिनाले आदान प्रदान गरेका थिए ।

एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका हुन् । नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ । मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक रहेको साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

देवः विकास बैंकले ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने

काठमाडौं । देवः विकास बैंकको १२ औं साधारण सभाबाट ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वसम्मतीले प्रस्ताव पारित भएको हो । सो सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित गरियो । साथै, आर्थिक वर्ष २०७५/७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस् (प्रो. सि.ए. सतिसचन्द्र लाल तथा सि.ए. गोपालकुमार श्रेष्ठ) लाई वाहृय लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतीबाट पारित गरियो । यसै गरी विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत (रु. १३,९३,५२,४१९.१४) बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरियो । बिशेष प्रस्ताव अन्तर्गत वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरियो ।