नबिलको नाफा ३१९ करोड, बेसरेट बढ्यो, स्प्रेडदर घट्यो, अरु सूचक कस्ता देखिए ?

काठमाडौं । नबिल बैंक लिमिटेडको नाफा ३ अर्ब १९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्म कमाएको ३ अर्ब ९ करोड नाफाको आकारमा करिब १० कराेडले वृद्धि गरी नबिलले नाफाको आकार सो अवस्थामा पुर्याएको हो । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी तथा गैरब्याज आम्दानीमा उच्च सुधार गरेको बैंकको कर्मचारी र सञ्चालन नाफामा समेत सोहीअनुसार वृद्धि हुन जाँदा नाफाको आकारमा ठूलो सुधार हुन नसकेको हो । बैंकले उक्त अवधिमा खुद ब्याज आम्दानी ४ अर्ब ५६ करोड रुपैंयाबाट बढाएर ५ अर्ब ५१ करोड तथा खुद गैरब्याज आम्दानी ५६ करोड रुपैंयाबाट ९१ करोड रुपैंया पुगेको छ । कर्मचारी खर्च १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ४० करोड तथा सञ्चालन खर्च ४० करोडबाट बढेर ५७ करोड रुपैंया पुगेको छ । बैंकको आधार ब्याजदर भने बढेर ७.३३ प्रतिशतबाट ७.९९ प्रतिशत पुग्दा बैंकको कस्ट अफ फण्ड ४.६३ प्रतिशतबाट ६.०६ प्रतिशत पुगेको छ । बैंकले ब्याजको स्प्रेडदर ४.८९ प्रतिशतबाट ४.६३ प्रतिशतमा झरेको छ ।

एनएमबि माईक्रोफाईनान्सको त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा

काठमाडौँ । एनएमबि माईक्रोफाईनान्स वित्तीय संस्थाले शाखा प्रवन्धक स्तरीय २ दिने त्रैमासिक समीक्षा, आव २०७६/०७७ को योजना तर्जुमा गोष्ठी तथा शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । वैशाख २० र २१ गते दिइएको उक्त तालिममा खाडिचौर अनुगमन स्टेशन, ढल्केवर अनुगमन स्टेशन, गोपेटार अनुगमन स्टेशन र दव्रेवास अनुगमन स्टेशन अन्तगर्तका ४७ वटा शाखाका ४७ जना शाखा प्रवन्धकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरलीप्रसाद लम्साल, जोखिम ब्यवस्थापन विभाग प्रमुख सूर्यप्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दनकुमार सरदार, वित्त ब्यवस्थापन विभाग प्रमुख कृष्णप्रसाद गैह्रे र अनुगमन अधिकृत चार जना क्रमशः लंकबहादुर वम, प्रकाश रावल, पुरनचन्द्र चापागाई र कृष्णप्रसाद नेपालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा शाखाको यस आर्थिक वर्ष २०७५/०७६ तेस्रो त्रैमास सम्मको प्रगति समीक्षा, आगामी आर्थिक वर्ष २०७६÷०७७ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा व्यवस्थापनमा शाखा प्रवन्धकको भूमिका, भाखा नाघेको कर्जा ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परीक्षण प्रणाली, अनुगमनका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिएको थियो । वित्तीय संस्थाले पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा कास्कीमा केन्द्रीय कार्यालय स्थापना गरी ५६ जिल्लामा १०० वटा शाखा विस्तार गरी करिब एकलाख विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आइरहेको जनाइएको छ ।

ललितपुर जिल्ला प्रशासनमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार ललितपुर महानगरपालिका वडा नं. ५, मानभवनस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्न एक्सटेन्सन काउण्टर शुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा खोलिएको एक्सटेन्सन काउन्टरसंगै बैंकको एक्सटेन्सन काउन्टरको संख्या ११ पुगेको छ । यसैगरी, बैंकले बैशाख २२ गते डोटी जिल्लाको जोरायल गाउँपालिका-१, गैरामा १३२ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको जनाएको छ । यसका साथै ललितपुर जिल्लाको भैंसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा र काठमाण्डौं जिल्ला लाजिम्पाटस्थित त्रिशारा मलमा एटिएम सेवा समेत सुरु गरेको बैंकले जनाएको छ ।