एनआईसी एशिया बैंकको सर्पोट सेवा सञ्चालन, उत्कृष्ट सेवा प्रदान गरिने

<p>काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गर्न सकिनेछ । सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ ।

एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गर्न सकिनेछ ।

सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत् सुझावसमेत राख्न एवम् बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउन सक्नेछन् ।

यो हेल्पडेस्क पेजमा साइनइन गरी सेवाग्राहीले सुझाव तथा गुनासोहरु राख्नुका साथै ती सुझाव तथा गुनासोहरुको सम्बोधनबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सेवा नेपाली बैंकिङ्ग क्षेत्रमै पहिलो भएको र यस सेवाबाट ग्राहकहरुको सुझाव तथा गुनासोहरुलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

Share News