१२४५९ पाए घोडीघोडाको १० कित्ता सेयर, २७३५९६ जनाको हात खाली
काठमाडौँ । शुक्रबार घोडीघोडा लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । २ लाख ८६ हजार ५५ ले आवेदन भरेकोमा १२ हजार ४ सय ५९ आवेदकले १०-१० कित्ताका दरले पाएका सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ४९० जनाको आवेदन रद्ध भएको थियो भने आइपीओका लागि आवेदन भर्ने २ लाख ७३ हजार ५ सय ९६ आवेदकको हात खाली भएको छ । आजदेखि खुल्यो घोडीघोडा लघुवित्तको आईपीओ
भक्तपुरको राधेराधेमा कामना सेवाकोे ९३औं शाखा
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले भक्तपुर जिल्लाको मध्यपूर ठिमी नगरपालिका वडा नं. २६ राधेराधेमा शुक्रबार ९३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुरुवात गरेका हुन् । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत ग्राहकलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने जनाएको छ ।
सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत
काठमाडौं । चालु आर्थिक वर्षको यो अवधिसम्म सहुलियतपूर्ण कर्जामा ३४ अर्ब ४१ करोड ऋण स्वीकृत गरिएको छ । सहुलियतपूर्ण कर्जा दिन स्वीकृत गर्नेमा वाणिज्य बैंक अग्रणी स्थानमा रहेको छ । वाणिज्य बैंकहरूले ३२ अर्ब २३ करोड सहुलियत कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् भने विकास बैंकले दुई अर्ब आठ करोड दिन प्रदान गर्ने भएको छ । सरकारले सो कर्जाको लागि एक अर्ब १५ करोड ७४ लाख ब्याज अनुदान प्रदान गरेको छ । फाइनान्स कम्पनीले नौ करोड ३२ लाख ९० हजार कर्जा प्रवाह गर्न स्वीकृत गरेका छन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ आए यता ७ सय ४९ जनाले अनुदान कर्जा लिएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ३३ अर्ब ९४ करोड कर्जा स्वीकृत भएको छ । १५ हजार ४१२ जना कृषि उद्यमीले कर्जा लिन स्वीकृत गराएका हुन् । त्यसैगरी शिक्षित युवा स्वरोजगार कर्जा ९३ करोड ३५ लाख स्वीकृत भएको छ । १६ जनाले कर्जा स्वीकृत गराएका हुन् । त्यसैगरी विदेशबाट फर्केका युवा परियोजना कर्जा २ करोड ३१ लाख ५० स्वीकृत भएको छ, ३२ जना युवाले कर्जा स्वीकृत गराएका हुन् । यता, महिला उद्यमशीलता कर्जा ३७ करोड २३ लाख ३५ हजार स्वीकृत भएको छ । ५३५ जना महिला उद्यमीले सो कर्जा स्वीकृत गराएका हुन् । दलित समुदाय व्यवसाय कर्जा २ करोड ७२ लाख २० स्वीकृत भएको छ । ५० जनाले यो कर्जा स्वीकृत गराएका हुन् । यसैगरी उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५७ जनाले १ करोड ५८ लाख ६६ हजार र भूकम्प पीडिहरुको निजी आवास निर्माण कर्जातर्फ ७६ जनाले २ करोड १८ लाख ७० हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ ।