राष्ट्र बैंकले आज २० अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु २० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले यही असार ३१ गते बोलकबोल प्रक्रियामा सहभागी हुने बैंक तथा वित्तीय संस्थाको सूची सार्वजनिक गर्दै कुन संस्थाले के कति मात्रामा ट्रेजरी बिल खरीद गर्न लागेको हो जानकारी दिने जनाएको छ । बैंकले यसअघि यही असार २३ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । त्यस्तै बैंकले आइतबार मात्रै रु ११ अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गरेको छ । ‘विकास ऋणपत्र २०८४ ग’ नाम दिइएको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद प्रक्रियामा सहभागिता जनाएका छन् । उक्त विकास ऋणपत्र २०८४ असार ३० गते साँवा भुक्तानी हुनेछ । व्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने व्यवस्था गरिएको छ । रासस

आइएमई जनरल इन्स्योेरेन्सकाे साधारणसभा सम्पन्न, ५ प्रतिशत बाेनस सेयर र मर्जरकाे प्रस्ताव पास

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा असार २९ गते काठमाण्डौंमा सम्पन्न भयो । साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुटृै पहिचान स्थपित गर्न विगत ४ वर्षमा हामीले नयाँ नयाँ बीमालेख लगायत आफनो सेवालाई देशको सात वटै प्रदेशमा विस्तार गरी ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहकलाई सहज सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । उनले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे। पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको उनले बताए । कम्पनीले आफना शेयरधनीहरुलाई चुक्ता पूंजीको ५ प्रतिशतले बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारणसभाबाट पारित भएकौ छ । अब कम्पनीको चुक्ता पूंजी १ अरब २ करोड ६ लाख पुगेको छ । साथै नियमाक निकायबाट निर्जीवन बीमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि निर्देशिका जारी भएको परिप्रेक्षमा कम्पनीको दायरा तथा क्षमता वृद्धि गर्ने हेतुले सभा समक्ष पेश गरिएको गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण अधिकार संचालक समितिलाई प्रदान गर्ने गरी २१र्औ साधारण सभाले अख्तियारी संचालक समितिलाई प्रदान गरेकाे छ । कम्पनीलेआ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको सभालाइ जानकारी दिइयाे ।

कुमारी बैंकको ५ शाखा काठमाडौँबाटै ई-उद्घाटन

काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यका बाहिर ५ नयाँ शाखाहरुको ई-उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा मोबाईल-प्रविधिबाट ई-उद्घाटन गरेका हुन् । बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय उद्घाटन चाँही बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो । ५ शाखा बिस्तार पश्चात कुमारी बैंकको कूल शाखा सञ्जाल संख्या ९८ पुगेको छ ।