देवः र वेष्टर्न बैंक आइतबार बन्द, सोमबारदेखि एकीकृत कारोबार

<p>काठमाडौँ । देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार असार २९ गते १ दिन बन्द हुने भएको छ । असार ३० गतेदेखि दुबै वित्तीय संस्थाले एकीकृत कारोबार गर्ने भएकाले डाटा म्याग्रेशन प्रयोजनका लागि १ दिन सम्पूर्ण कारोबार बन्द गर्न लागेको देवः विकास बैंक लिमिटेडले जनाएको छ । असार १२ गते दुबै कम्पनीको वार्षिक [&hellip;]</p>

काठमाडौँ । देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार असार २९ गते १ दिन बन्द हुने भएको छ ।

असार ३० गतेदेखि दुबै वित्तीय संस्थाले एकीकृत कारोबार गर्ने भएकाले डाटा म्याग्रेशन प्रयोजनका लागि १ दिन सम्पूर्ण कारोबार बन्द गर्न लागेको देवः विकास बैंक लिमिटेडले जनाएको छ ।

असार १२ गते दुबै कम्पनीको वार्षिक साधारण सभाबाट देवः विकास बैंक लिमिटेडले वेष्टर्न डेपलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरेको नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत एकीकृत कारोबारका लागि स्वीकृत प्राप्त भइसकेको जनाइएको छ ।

Share News