माछापुछ्रे बैंकको १२ लाख कित्ता ऋणपत्र साउन ६ देखि, न्यूनतम २५ कित्ता आवेदन गर्न पाइने

<p>काठमाडौं । माछापुछ्रे बैंकको प्रतिकित्ता रु १००० अंकित १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ । ‘१०.२५ प्रतिशत माछापुछ्रे बैंक लिमिटेड डिबेन्चर २०८५’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म आवेदन गर्न पाउने जनाइएको छ । साउन ६ गतेदेखि [&hellip;]</p>

काठमाडौं । माछापुछ्रे बैंकको प्रतिकित्ता रु १००० अंकित १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ ।

‘१०.२५ प्रतिशत माछापुछ्रे बैंक लिमिटेड डिबेन्चर २०८५’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म आवेदन गर्न पाउने जनाइएको छ ।

साउन ६ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ९ गते र ढिलोमा भदौ ३ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

९ बर्ष अवधि तोकिएको उक्त ऋणपत्र विसं २०८३ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १०.२५ प्रतिशत बराबरको ब्याजदर प्राप्त गर्नेछन् । उक्त ३० लाख डिबेञ्चरमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।

Share News