एनआइसी एशियाको १ अर्ब ७६ करोड बराबरको ऋणपत्र साउन ६ गते खुल्ने

<p>काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको प्रतिकित्ता रु १००० अंकित १ अर्ब ७६ करोड रुपैयाँ बराबरको १७ लाख ६० हजार कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ । ‘एनआइसी एशिया डिबेन्चर २०८३/८४’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्ता आवेदन गर्न पाउने जनाइएको छ । साउन ६ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ९ [&hellip;]</p>

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको प्रतिकित्ता रु १००० अंकित १ अर्ब ७६ करोड रुपैयाँ बराबरको १७ लाख ६० हजार कित्ता ऋणपत्र साउन ६ गते खुल्ने भएको छ ।

‘एनआइसी एशिया डिबेन्चर २०८३/८४’ नाम दिइएको उक्त ऋणपत्र न्यूनतम २५ कित्ता आवेदन गर्न पाउने जनाइएको छ ।

साउन ६ गतेदेखि खुल्ने उक्त ऋणपत्र छिटोमा साउन ९ गते र ढिलोमा भदौ ३ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

७ बर्ष अवधि तोकिएको उक्त ऋणपत्र विसं २०८३ मा परिपक्व हुनेछ भने ऋणपत्रका लगानीकर्ताले १०.२५ प्रतिशत बराबरको ब्याजदर प्राप्त गर्नेछन् ।

उक्त ४४ लाख डिबेञ्चरमध्ये १७ लाख ६० कित्ता डिबेञ्चरले हुन आउने कूल १ अर्ब ७६ करोड ऋण पूँजी रकम सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।

Share News