ललितपुरको खुमलटारमा जनता बैंकको शाखा बिस्तार

<p>काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटारमा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ । उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ [&hellip;]</p>


काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले सोमबार ललितपुर जिल्लाको खुमलटारमा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।

जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा यो २४औं शाखा हो । बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Share News