हाथवे फाइनान्सको एसजीएमले पारित गर्यो ग्लोबल आईएमईसँग गाभिने प्रस्ताव

काठमाडौा । हाथवे फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा(एसजीएम)ले ग्लोबल आईएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ । फाइनान्सको मंगलबार धरानमा सम्पन्न विशेष साधारण सभाले डिडिएबाट प्राप्त १००ः४२ स्वाप रेसियोलाई स्वीकृत गरेको जनाइएको छ । यसअघि नै ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्स बीच मर्जर तथा प्राप्ती सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । यसैगरि मर्जर तथा प्राप्ती गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट कुनै संसोधन वा अन्य निर्देशन दिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ।

दुई विकास बैंकको बोनस सेयर सूचीकृत, कस्को कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा दुई विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार देवः विकास बैंक र पूर्णिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । देवः विकास बैंकको १३ लाख ९३ हजार ५ सय २४ कित्ता र पूर्णिमाको २ लाख ६२ हजार ५ सय १६ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सेयर लगानीकर्ताले धितोपत्र बोर्डमा बुझाए विरोध पत्र, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँ । पूँजीगत लाभकर गणनाको बिरोध गर्दै सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बिरोध पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजी बजार संघका अध्यक्ष संरक्षणा चौधरीले मंलगबार धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई बिरोध पत्र बुझाएका हुन् । लगानीकर्ताहरूलाई सेयर दलाल व्यवसायीको कार्यालयमा गएर ल्याप्चे सहितको आधार मूल्यको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागु भएको सूचना जारी सम्पूर्ण लगानीकर्ताहरूलाई आक्रोसित र उत्तेजित बनाउने काम भएकोमा यस्ता काम कारवाहीप्रति लगानीकर्ताहरुले सामुहिक रुपमा आपत्ति जनाएका हुन् । साउन ८ गते भएको सर्वपक्षीय सहमतिको सीघ्र कार्यान्वयन र ल्याप्चे आतंकको अन्त्य गर्न माग गर्दै सम्पूर्ण लगानीकर्ताहरूलाई ल्याप्चे नलगाउन र आवश्यक परेमा आन्दोलनमा सहभागिता र समर्थन गर्नु हुन अनुरोध गर्न वाध्य हुने विरोध पत्रमा उल्लेख छ ।