सिभिल बैंकबाट मेलम्ची नगरपालिकाका कृषकले सहुलियतपूर्ण कर्जा पाउने
काठमाडौँ । सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच सम्झौता भएको छ । आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्ने छ । उक्त तालिम प्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिसमा सिभिल बैंक लिमिटेडले सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्नेछ । उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुखकार्यकारी अधिकृत गुरुङले यो सम्झौतालाई नमूना योजनाको रुपमा लिंदै यसलाई आगामी दिनमा देशका अन्य ग्रामीण क्षेत्रमा बिस्तार गर्दै लैजाने बताए ।
एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता
काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै ‘सेल पे’ सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सम्झौता गरेको छ । सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो, जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिलहरु जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्ने छन् । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै सेल पे मा ग्राहकहरुले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा रु १००÷– बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्ने छन् । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन ।
बैंकास्योरेन्सबाट २ अर्ब १५ करोड बीमा शुल्क आर्जन
काठमाडौ । गत आर्थिक वर्षमा बैंकास्योरेन्सबाट बैंकहरूले दुई अर्ब १५ करोड बीमा शुल्क आर्जन गरेका छन् । समग्र बीमा बजारको पहुँच १७ प्रतिशत पुग्दै गर्दा बैंकास्योरेन्समार्फत बीमा गराउनेको हिस्सा ३ प्रतिशत पुगेको हो । चालु आर्थिक बर्षमा बीमा कम्पनीहरुले ७१ अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार प्रथम बीमा शुल्कबाट ३० अर्ब ४१ करोड रुपैयाँ आर्जन भएको छ । नवीकरण बीमा शुल्क भने ३९ अर्ब २६ करोड रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्ले देखाएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ‘नेपाल राष्ट्र बैकले बैंकहरुलाई बीमामा सहभागी हुने अवसर दिएको थियो, त्यसमा हामी सकारात्मक नै थियौ ।’ यस आवको मौद्रिक नीतिले केही कडाइ गरेको छ ।’ बीमा बजारमा ३ प्रतिशत पहुँच वृद्धिमा बैकको सहयोग सहयोग रहेको छ । यस्तो अवस्थामा हामीले बीमा कम्पनीकै अभिकर्ता मार्फत ७ प्रदेशमै बीमा सेवा दिने लक्ष्य राखेका छौँ । पौडेलले अहिलेको समयमा बैक र बीमा एक सिक्काको दुई पाटा भएकोले दुबै महत्व उत्तिकै रहेको बताए । आर्थिक वर्ष २०७६\७७ को मौद्रिक नीतिमा बैक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनोट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था उल्लेख गरिएको छ । सो व्यवस्थाले बैकले बीमा नै नगर्ने चाहि भनेको होइन बीमा समितिका एक अधिकारी बताए । बीमा समितिले नियामक भएको नाताले नेपाल राष्ट्र बैकलाई नीति ल्याउने अधिकार हुने र सो कुरालाई आफूहरुले सकारात्मक रुपमा हेरेको बताएको छ । बैकहरुले समेत बीमाको महत्वलाई बुझेर आत्मसाथ गर्न चाहेको बीमा समितिको बुझाइ रहेको छ ।