
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष गरेको वित्तीय कारोबारबाट २०७५/७६ मा ३ अर्ब ४ करोड नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको २०७६ असार मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार २०७५ असार मसान्तको तुलनामा करिब १८ प्रतिशतले वृद्धि गरेर सो नाफा कमाएको हो ।
२०७५ असार मसान्तसम्म बैंकको नाफा २ अर्ब ५८ करोड रुपैंयाँ मात्रै थियो । एनएफआरएस प्रणाली अनुसार सार्वजनिक गरिएको वित्तिय विवरणमा अनुसार बैंकको वितरण योग्य नाफा भने २ अर्ब १८ करोड रुपैंयाँ रहेको छ ।
बैंकले गत आवमा खुद ब्याजबाट ५ अर्ब ६३ करोड कमाएको छ भने अघिल्लो आवमा बैंकको यस्तो आय ४ अर्ब ८६ करोड रहेको थियो ।
आठ अर्ब १० करोड सेयर पुँजी रहेको बैंकको निक्षेप तथा कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ४.२९ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७५.०७ प्रतिशत छ । बैंकले १ खर्ब २९ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ४ अर्ब कर्जा लगानी गर्दा सिडी रेसियो ७५.०७ प्रतिशत कायम गरेको छ ।
बैंकको आधार ब्याजदर ८.१२ प्रतिशत रहेको छ भने खराब कर्जा ०.१६ प्रतिशत छ । प्रति सेयर नेटवर्थ २१८.६९ रुपैंयाँ रहेको छ । बैंकको कस्ट अफ फण्ड ६.२१ प्रतिशत छ । बैंकको आरओई १८.१३ रुपैयाँ रहेको छ । बैंकले प्रति सेयर आम्दानी ३७.५७ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ २१८.६९ रहेको छ ।