आरएमडीसी लघुवित्तले २६ जनालाई दियो प्रशिक्षक प्रशिक्षण तालिम
काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाल अन्तराष्ट्रिय श्रम संगठनले तयार पारेको ‘स्टार्ट एण्ड इम्प्रुभ योर विजनेश’ प्रशिषक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । साउन १७ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको हो । सो तालिममा आरएमडीसीका १२ वटा साझेदार संस्थाहरुबाट २६ जना वरिष्ठ तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिमको माध्यमबाट साझेदार संस्थाका वरिष्ठ तहका कर्मचारीहरुलाई यस विषयको प्रशिक्षक तयार गर्ने र शाखा कार्यालयका प्रवन्धकहरु र फिल्ड सहायकहरुलाई प्रशिक्षण दिई ग्राहकहरुलाई तालिम प्रदान गरी ग्राहक सदयस्यहरुमा उद्यमशीलता बिकास गर्ने उद्देश्य रहेको छ । तालिममा सेन्टर फर माइक्रोफाइनान्स नेपालका प्रशिक्षकद्वय सनद राजभण्डारी ररुद्र पराजुलीले छलफल, खेल लगाएतका विभिन्न विधिमार्फत सहभागितामूलक रुपमा तालिमको सहजीकरण गरेका थिए । तालिमको अन्तिम दिन नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्वन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले लघुवित्तको अवस्था तथा यसका चुनौती सम्बन्धी प्रस्तुुतीकरण गर्नुका साथै सहभागीहरुको जिज्ञासा समाधान गरेका थिए । तालिमको समापन समारोहको अध्यक्षता आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत ओझाले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने प्रशिक्षक, आयोजक तथा सहभागीहरु लाई धन्यबाद दिदै तालिममा हासिल गरेका ज्ञान, सीप र क्षमतालाई आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्न आग्रह गरेका थिए ।
३० अर्ब ५४ करोड पुग्यो जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी, २ खर्ब २५ अर्ब लगानी
काठमाडौँ । आर्थिक बर्ष २०७५/७६ को असार मसान्तसम्म जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी ३० अर्ब ५४ करोड ९१ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुको लगानी २ खर्ब २५ अर्ब १७ करोड ८७ लाख रुपैयाँ रहेको छ । यस्तै, कम्पनीहरुको नगद तथा मौज्दातमा ८ अर्ब २० करोड ५१ लाख रुपैयाँ रहेको पाइएको छ । जीवन बीमा तर्फ २ सय २१ प्रकारका बीमा लेख गत आर्थिक बर्षमा प्रचलनमा आए । कूल अभिकर्ता संख्या ५ लाख ४६ हजार २ सय ७६ रहेको छ । बीमा दाबी: बीमा समितिका अनुसार ३४ हजार ५ सय ८७ संख्याको बीमा दाबी परेको छ । उक्त दाबी परेको रकम ५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ । जीवन बीमा कम्पनीका कार्यालय संख्या: जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको कार्यालय संख्या १ हजार ६ सय ५४ पुगेको छ । बीमा कम्पनीहरुको कर्मचारी संख्या भने ४ हजार ७ सय ९८ रहेको छ । गत आर्थिक बर्षमा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या ४० रहेको छ । सो संख्या मध्येमा जीवन बीमा गर्ने कम्पनीहरु भने १९ वटा छन् । जीवन बीमा कम्पनीहरुले बिमितको जोखिम बहन तथा बचतमा सघाउ पुर्याउँदै आएका छन् । बीमा समितिले दिएको जानकारी अनुसार बीमा समितिबाट इजाजत पत्र प्राप्त बीमा कम्पनीहरुको स्वामित्व संरचनामा सरकारी, निजी, विदेशी तथा संयुक्त छन् । जीवन बीमा व्यसाय गर्ने सरकारी कम्पनीको संख्या १, निजी तर्फ १६, विदेशी शाखा रहेको कम्पनी १, संयुक्त लगानी भएको कम्पनी १ गरी कुल १९ कम्पनीहरु संचालनमा छन् । यस्तै, समग्र बीमा क्षेत्रमा भने सरकारी कम्पनीको संख्या ३, निजी तर्फ ३२, विदेशी शाखा भएका कम्पनी ३, संयुक्त लगानीमा आवद्ध कम्पनीहरु २ गरी जम्मा ४० वटा बीमा कम्पनीहरु क्रियाशील रहेका छन् ।
नेप्सेमा अनलाइन कारोबार प्रणाली मार्फत बिहीबार धेरै संख्यामा कारोबार
काठमाडौँ । नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण अनुसार बिहीबार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएका छन् । बिहीबारको कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले जनाएका छन् ।