एनएमबी बैंकको विशेष साधारण सभाले पारित गर्यो ओमलाई गाभ्ने प्रस्ताव
काठमाडौँ । एनएमबी बैंक लिमिटेड विशेष साधारण सभा मंगलबार सम्पन्न भएको छ । विशेष साधारण सभामा एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित भएको गरेको छ । यसअघि नै समझदारी पत्रमा हस्ताक्षर भएको भएको र मंगलबार साधारण सभामा पेश भएको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो । एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात (सेयर स्वाप रेसियो) १००ः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ । जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबी बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् । मर्जर पश्चात एनएमबि बैंकको कूल पूँजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ ।
प्राइम बैंकका सिईओ नारायणदास मानन्धरलाई काम गर्न दिन सर्वोच्चको आदेश
काठमाडौं । उमेरहदका कारण प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदबाट हटाइएका नारायणदास मानन्धरलाई सर्वोच्च अदालतले काम गर्न दिन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजालशले मानन्धरलाई आज मंगलबार काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिएको हो । सो आदेशसँगै मानन्धरले अब फेरि प्राइम बैंकमा सिईओको कार्यभार सम्हाल्न पाउने भएका छन् । राष्ट्र बैंकले गत २० गते परिपत्र जारी गर्दै बैंकका सिईओका लागि ६५ वर्ष र सञ्चालकको लागि ६९ वर्ष उमेर हद तोकेको छ । सो उमेरभन्दा माथिका व्यक्तिले सो पदमा बस्न योग्य हुने छैनन् । बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा उमेरहद नतोकिएको हुँदा राष्ट्र बैंकको निर्देशन कानून विपरीत भएकाले पदबाट हटाउन नमिल्ने सर्वोच्च अदालतको ठहर छ । सर्वोच्च अदालतले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ ।
लुम्बिनी विकास बैंकको साधारण सभा, १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित
काठमाडौँ । लुम्बिनी विकास बैंक लि.को ११औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष पराजुलीले प्रस्तुत गरेको प्रतिवेदन, आव २०७४/७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस सेयर वितरण गर्ने निर्णय समेत पारित गर्यो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ । बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५/०७६ को असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ । देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै साधारण सभामा बताइयो ।