सनराइज बैंकको नाफा १ अर्ब ७० करोड, प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ
काठमाडौं । सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले गएको आवमा १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । बैंकको विवतरण योग्य नाफा भने १ अर्ब ११ करोड रहेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.६१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकले गएको आवमा ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ८७ करोड रहेको थियो । बैंकको संचालन मुनाफा पनि बढाएको छ । गत आवमा बैंकको यस्तो मुनाफा भने २ अर्ब ६० करोड रहेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब चार करोड रुपैयाँ थियो । असार मसान्तसम्म बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६८ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.०३ प्रतिशतमा रहेको छ । सीडी रेसियो ७५.५७ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष(रिजर्भ फन्ट) २ अर्ब ५८करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ रहेको छ । बैंकको स्प्रेडदर ४.४४ प्रतिशत कायम रहेको छ भने बैंकका बेसरेट १०.३२ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड भने ७.३३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.४७ रुयैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रूपैयाँ रहेको छ ।
स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ४९ करोड
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गएको नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा १४.२२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब १८ करोड नाफा गरेको थियो । बैंकले गएको आवमा ३ अर्ब ५२ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३ अर्ब २९ करोड रहेको थियो । बैंकको संचालन मुनाफा भने ३ अर्ब ४८ करोड रहेको छ । असार मसान्तसम्म बैंकले ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.१५ प्रतिशतमा सीमित रहेको छ । सीडी रेसियो ७३.१३ प्रतिशत रहेको छ । बैंकका बेसरेट ७.६३ प्रतिशत रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष(रिजर्भ फन्ट) ५ अर्ब १७ करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३१.१५ रुपैयाँ रहेको छ । बैंकको स्प्रेडदर ४.४५ प्रतिशत कायम रहेको छ भने बैंकले बेसरेट(आधार ब्याजदरं ७.६३ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड भने ५.५० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवथ १८७.०८ रुयैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६५५ रूपैयाँ रहेको छ ।
नविल बैंकको नाफा ४ अर्ब २९ करोड
काठमाडौं । नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा करिब ८ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ९८ करोड नाफा गरेको थियो । बैंकले गएको आवमा ७ अर्ब ३३ करोड खुद ब्याज आम्दानीमा गरेको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ८ करोड रहेको छ । असार मसान्तसम्म बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.७४ प्रतिशत र सीडी रेसियो ७२.९० प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ८.०९ प्रतिशत रहेको छ । नविल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट ९ अर्ब ३३ करोड रहेको छ । नविलको प्रतिसेयर आम्दानी भने गएको आवमा घटेको छ । बैंकको अघिल्लो आवमा प्रतिसेयर आम्दानी ४९.५१ रुपैयाँ थियो भने गएको आवमा यस्तो आम्दानी ४७.६५ रुपैंयाँ पुगेको छ । बैंकको स्प्रेडदर ४.४३ प्रतिशत कायम रहेको छ भने बैंकले आधार ब्याजदर ८.०९ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड भने ६.१३ प्रतिशत रहेको छ । बैंकको साधारण सेयर मूल्य प्रतिकित्ता ८ सय रूपैयाँ छ भने प्रवद्र्धक सेयर मूल्य ७७२ रुपैयाँ रहेको छ ।