जनरल इन्स्योरेन्सको प्रथम साधारण सभा सम्पन्न, ३० लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.को प्रथम बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा एलिस रिसेप्सन, गैरिधारा, काठमाण्डौमा साधारण सभा सम्पन्न भएको हो । सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा कम्पनीका संस्थापक अध्यक्ष झपटबहादुर बोहराले साधारण सभा उद्घाटन गरेका हुन् । बीमा बजारको प्रतिस्पर्धात्मक स्थिति तथा विभिन्न चुनौतीहरुको बाबजुदपनि कम्पनीले आब २०७४÷०७५ को करिब २४ कार्यदिनमा कम्पनीले १९३ बीमालेख जारी गरि रु. ३१,६९,८९१/४० बीमाशुल्क संकलन गर्न सफल भएको बताइयो । सो अनुरुप आव २०७५/०७६ मा कम्पनीले जम्मा ३१,२१७ बीमालेख जारी गरि रु. ३३,२४६१,४१२३/– बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ । आव २०७५/०७६ मा जम्मा दाबी संख्या ७३८ परेको मध्ये जम्मा दाबी संख्या ५०८ को रकम रु. ४३,७५,०००/– भुक्तान गरिएको छ । कम्पनीको बार्षिक साधारण सभाले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ३०% दरले हुने जम्मा ३०,००,००,०००/– (तीस करोड) को सेयर संख्या ३०,००,००० कित्ता आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । यसैबीच कम्पनीको सञ्चालकमा निर्वाचित कुनाल कयाल, लक्ष्मीप्रसाद श्रेष्ठ, कृष्ण बोहोरा र दिपेन्द्र अग्रवालको साधारण सभाले अनुमोदन गरेको छ । कम्पनीले हाल सम्पत्ति, सामुन्द्रिक, मोटर, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषि, पशुपंछी तथा विविध बीमाको सेवा प्रदान गर्दै आएको छ ।

लुम्बिनी जनरलको १४ औँ साधारण सभा सम्पन्न, २०% हकप्रद सेयर जारी गरिने

काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण कम्पनीका अध्यक्ष मनोहर दास मूलले प्रस्तुत गरे । बिगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको, बीमा समितिको निर्देशन अनुसार रु. १ अर्ब चुक्ता पूंजी पुर्याउनको कम्पनीलाई रु. १२ करोड आवश्यक पर्नेमा साविककै ढाँचामा वित्तीय विवरण तयार गर्दा करिब रु. १४ करोड ८० लाख बोनस बितरण गर्न सकिने अबस्था रहेपनि यसपटक नयाँ ढाँचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको जानकारी गराए । बीमा समितिको निर्देशन अनुसार रु. १ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि २०७६ बैशाख २५ को बिशेष साधारण सभाको निर्णय अनुसार २०% हकप्रद सेयर जारी गर्न लागिएको मूलले जानकारी गराए ।संस्थापकतर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरुबाट अग्रिम रुपमा प्राप्त भई सकेको जानकारी पनि गराए । आब २०७४÷०७५ मा अघिल्लो बर्षको तुलनामा १२% ले बृद्धि भई करिब रु. १ अरब २६ करोड बीमाशुल्क आर्जन भएको र आब २०७५÷०७६ मा रु. १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइएको थियो ।

इमाडोलमा खुल्यो प्राइम कमर्सियल बैंकको शाखा

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यो शाखा संचालनपछि बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच बैंकका संचालक प्राडा मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उद्घाटन गरेकी हुन् ।