२५ प्रतिशतले बढ्यो एनएमबीको नाफा, प्रतिसेयर मूल्य २.२३ रुपैयाँले बढ्यो
काठमाडौंः एनएमबी बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गएको आवमा कमाएको नाफा अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८६ ले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब २७ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दनी ४ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । संचालन मुनाफा ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक वर्षमा ९७ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ८८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम ०.८२ प्रतिशत रहेको छ । सीसीडी रेसियो ७६.८८ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड छ भने रिर्जभ फन्ड ३ अर्ब ५३ पुगेको छ । एनएमबीको बेसरेट ९.८६ प्रतिशत रहेको छ भने बैंकको कस्ट अफ फन्ड ७.२६ प्रतिशत रहेको छ । एनएमबीको प्रतिसेयर आम्दानी २४.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८१.४९ रुपैयाँ छ । बैंकको सेयर मूल्य ३८२ रुपैयाँ रहेको छ ।
मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब २२ करोड नाफा
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आव ०७५/०७६ सम्ममा रु. ४६ अर्ब १३ करोड निक्षेप संकलन र रु.३७ अर्ब ९५ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा रु. १ अर्ब २२ करोड गरेको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा ५२ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति सेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ । बैंकले नियमित कारोबारबाट नै सञ्चालन मुनाफा रु १ अर्ब २२ करोड गरी निक्षेप र कर्जातर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
जनता बैंकको नाफा ३४ प्रतिशतले बढेर एक अर्ब ३४ करोड पुग्यो
काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा जनता बैंकको नाफा १ अर्ब ३४ करोड पुगेको छ । बैंकले अघिल्लो आवमा एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब १८ करोड रुपैंयाँ रहेको छ । ८ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड रुपैंयाँ रहेको छ । बैंकले ७५ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो ७७.३४ प्रतिशत कायम गराएको छ । बैंकको आधार ब्याजदर ९.९५ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.५३ प्रतिशत छ । बैंकको स्प्रेड दर भने ४.४२ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी १६.८१ रुपैंयाँ छ भने प्रति सेयर आम्दानी १३३.५४ रुपैंयाँ छ ।