एनआईसी एशिया ब्यालेन्स फन्डको सार्वजनिक निष्काशन साउन ८ गतेदेखि

<p>काठमाडौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘एनआर्ईसी एशिया व्यालेन्सड् फण्ड’ को सार्वजनिक निष्काशन खुल्ला गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममासो जानकारी सार्वजनिक गरेको हो । उक्त कम्पनीले १० करोड ६२ लाख ५० हजार कित्ता (इकाई) को निष्काशन तथा बिक्री खुल्ला गरेको हो । निष्काशन साउन ८ गतेदेखी खुल्ला हुनेछ । माग बमोजिम आवेदन [&hellip;]</p>

काठमाडौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले ‘एनआर्ईसी एशिया व्यालेन्सड् फण्ड’ को सार्वजनिक निष्काशन खुल्ला गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममासो जानकारी सार्वजनिक गरेको हो ।

उक्त कम्पनीले १० करोड ६२ लाख ५० हजार कित्ता (इकाई) को निष्काशन तथा बिक्री खुल्ला गरेको हो । निष्काशन साउन ८ गतेदेखी खुल्ला हुनेछ । माग बमोजिम आवेदन प्राप्त भएमा निष्काशन साउन १२ गते बन्द हुनेछ । तर, माग अनुसार आवेदन नपरेमा निष्काशन तथा बिक्री भदौ ५ गतेसम्म कायम रहने छ । न्यूनतम १ हजार देखी साढे १७ करोड रुपैयाँसम्म आवेदन बुझाउन सक्ने व्यवस्था गरिएको छ ।

एन आइ सी एशिया बैक म्युचुअल फण्ड अन्र्तगत संचालन हुने दोश्रो बन्दमुखी योजनाको प्रति कित्ता १० रुपैयाँका दरले १२ करोड ५० लाख कित्ताको १५ प्रतिशत ईकाइ कोष प्रवद्र्धकमा रहनेछ । एकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

विषेश पत्रकार सम्मलेनमा बोल्दै एनआईसी एशिया क्यापिटल फण्डका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रामेन्द्र रायमाझीले भने-‘हामी सूचना जारी गरेको छोटो समयमै इच्छुकहरु धेरै देखिनु भएको छ, यसको प्रभाव देशको अर्थतन्त्रसम्म पर्नेछ ।’ उनले अहिलेको समय शुद्ध बचतका लागि मात्र नभएर लगानीको लागी समेत भएकोमा जोड दिए । साथै २, ३ बर्ष अगाडिको अर्थ बजार हालको बजारमा रहेको भिन्नतामा उनले जोड दिए ।

Share News