प्रभु बैंकको नयाँ शाखा सुनसरीको कालाबञ्जरमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा भदौ २३ देखि सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालयको सञ्चालन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले गरेका हुन् । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा टेवा पुर्याउँदै आएको छ । बैंकले हाल १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १५२ एटिएममार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १९ गते काठमाण्डौंको चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पुर्याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरिएको हो । यस कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागीय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिर्दै अभिकर्ताहरुको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बिषय उदृत गदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिएका छन् ।

महुली लघुवित्तले मर्जरका लागि बनायो तीन सदस्यीय समिति, तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले प्राप्ती गर्ने, गाभ्ने वा गाभिने कार्यका लागि ३ सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक भानुभक्त निरौला संयोजक र सञ्चालक केशवप्रसाद भण्डारी तथा प्रबन्ध सञ्चालक रोशनकुमार मंगर सदस्य रहेको मर्जर उपसमिति गठन गरेको हो । उक्त उपसमितिले ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने उपसमितिका सदस्य प्रबन्ध सञ्चालक मंडरले जनाएका छन् ।