बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड एनआईसी एशियालाई, दोश्रो र तेश्रोमा एनएमबी र सिटिजन्स

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था(आइक्यान)ले यो वर्षको छनौट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए) अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको छ । मंगलबार आइक्यानको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले अवार्ड प्रदान गरेका हुन् । बाणिज्य बैंकतर्फको उक्त अवार्ड एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले ग्रहण गरेका हुन् । त्यसैगरी, वित्तीय प्रतिवेदन मध्ये फस्ट रनरअप अर्थात दोश्रो एनएमबी बैंक र सेकेन्ड रनरअप अर्थात तेश्रो सिटिजन्स बैंक भएको थियो । बैंकका प्रतिनिधिले अर्थमन्त्रीबाट अवार्ड ग्रहण गरेका हुन् । यता, विकास बैंकतर्फको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)’ अवार्ड महालक्ष्मी विकास बैंकलाई प्रदान गरिएको छ । त्यसैगरी फस्ट रनरअप फष्र्ट माइक्रोफाइनान्स भएको छ । त्यसैगरी उत्पादनमूलक समूहतर्फ बुटवल पावर कम्पनी, सेवामूलकतर्फ र्याडिसन होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रलाई अवार्ड प्रदान गरिएको हो । लेखापरीक्षकहरुलाई अर्थमन्त्रीले भने-‘बाहिर जे छ, भित्र पनि त्यही देखाउनोस्, मेकअप नगर्नोस्’ संस्थागत सुशासनका लागि प्रतिबद्ध छुः आइक्यान अध्यक्ष आचार्य  

नेप्से उकालो यात्रामा, ३६ करोड ८९ लाखको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करीब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ । परिसूचक बढे पनि आज कारोवार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोवार रकम वृद्धि भएको छ । कूल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए । सोमबार कूल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो । स्टकका अनुसार कूल कारोवार भएका ११ उपसमूह मध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै सात उपसमूहको शेयर भने वृद्धि भएको छ । होटल ३.९२, जलविद्यसत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बीमा ३८.०५, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । स्टकका अनुसार आज कारोवारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ५१ लाख २२ हजार ३६९ मूल्यमा कारोवार भयो । नेपाल बैंक लिमिटेड रु तीन करोड ६१ लाख १९ हजार ४७६, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड ७३ लाख सात हजार ९७३, शिवम सिमेन्ट रु एक करोड १० लाख ८६ हजार २०३, प्रभु बैंक रु एक करोड आठ लाख ६० हजार २१८ र नबिल बैंक रु एक करोड सात लाख ७७ हजार १२३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७.७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.१२ र राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९० बिन्दुले बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रो ७.२४, यूनियन हाइड्रोपावर ३.८८, सिर्जना फाइनान्स ३.२१, हिमालयन पावर पार्टनर २.८० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले २.७९ बिन्दुले घटेको छ ।

जनसेवी लघुवित्तको मूनाफा ३८० प्रतिशतले बृद्धी

काठमाडौं । पबर्तको जनसेवी लघुवित्त बित्तीय संस्थाले गत आर्थिक वर्षको तुलनामा यो बर्ष ३८० प्रतिशतले नाफामा बृद्धी गरेको छ । संस्थाले यो वर्ष रु. २ करोड २९ लाख ५९ हजार रुपैया नाफा आर्जन गर्न सफल भएको प्रुूख कार्यकारी अधिकृत कमल खत्रीले बताए । संस्थाले गत वर्ष रु.६० लाख ५२ हजार मात्र नाफा आर्जन गरेको थियो ।