लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको चापागाउँमा

<p>काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११२औँ शाखा ललितपुरको चापागाउँमा संचालनमा ल्याएकोे छ । उक्त शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस बैंकले आफ्नो सेवा अझ सुदृढ [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११२औँ शाखा ललितपुरको चापागाउँमा संचालनमा ल्याएकोे छ । उक्त शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ ।

यस नयाँ शाखासहित लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

Share News