सिनामंगलमा ज्योति विकास बैंकको नयाँ शाखा

<p>काठमाडौं । ज्योति विकास बैंकले सोमबार काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको सञ्चालन गरेको छ। उक्त शाखाको अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको हो। बैंकको यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले सोमबार काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको सञ्चालन गरेको छ। उक्त शाखाको अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकिङ्ग पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको हो। बैंकको यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै अवस्थित छ।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

साथै, यस आर्थिक वर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत एटिएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु. २६ अर्ब बढी लगानी गर्न सफल भएको छ ।

Share News