नेपाल बैंकले संविधान दिवसको अवसरमा शुरु गर्यो सम्बृृृद्धि व्यवसाय कर्जा

काठमाडौँ । नेपाल बैंक लिमिटेडले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ खुल्ला रक्तदान, सार्वजनिक स्थल सरसफाई, दीपावली, प्रभात फेरी, संविधानविदसंग अन्तरक्रिया तथा नयाँ कर्जा सेवा शुभारम्भ लगायतका विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । यसै अवसरमा बैंकले सरकारको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार बनाउन उद्योग वा व्यवसाय विस्तारका लागि सम्बृृृद्धि व्यवसाय र सेवाग्राही कर्जा, वातावरणीय सुधार निम्ति ग्रिन फाइनान्सिङ्ग कर्जा लगायतका नयाँ कर्जा सेवाहरु समेत सुरुवात गरेको जनाएको छ । यसैगरी बैंकद्वारा सञ्चालित भुगोल पार्क वरपर सरसफाई कार्यक्रमको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले शुभारम्भ गरेका हुन् । यसै अवसरमा बैंकद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सरिक ५० जना रक्तदातालाई बंैकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रमाणपत्र प्रदान गरे । त्यसैगरी बैंक कर्मचारीको सहभागितामा बाजागाजा तथा राष्ट्रिय झण्डासहित भव्य प्रभात फेरी सम्पन्न गरियो । साथै बंैकद्वारा यसै सप्ताहान्तमा नेपालको वर्तमान संविधानबारे वरिष्ठ संविधानविद पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ । राष्ट्रिय दिवस उल्लासमय ढंगले मनाउने क्रममा असोेज १ देखि ४ गतेसम्म प्रधान कार्यालय एवम् विभिन्न प्रादेशिक तथा शाखा कार्यालयहरुमा दीपावलीका साथै राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको नेपाल बैंकका प्रेस संयोजक मुकुन्द अर्यालले जनाएका छन् ।

एनआईसी एशियाका सीईओ न्यौपाने प्रबल जनसेवा श्री बाट विभूषित

काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमूख कार्यकारी अधिकृत(सीईओ) रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवि भण्डारीबाट संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा भएको छ । मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पुर्याउनु भएकोे योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा गरेकी हुन् । सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरु मध्ये युवा बैंकर न्यौपानेलाई छनौट गरेको हो । न्यौपाने नेपालको वाणिज्य बैंकहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सवैभन्दा कम उमेर(३९ बर्ष) का छन् । नेपालको दुर्गम तथा ग्रामीण जिल्ला रसुवामा जन्मिएका न्यौपाने चार्टड एकाउण्टेन्ट समेत हुन् । विद्यालय शिक्षा रसुवा जिल्लाको तत्कालीन धैवुङ गाविसमा पर्ने कालिका हिमालय उच्च माध्यमिक विद्यालयबाट सम्पन्न गरेका थिए ।

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले गर्याे ‘मिस्ड कल बैंकिङ सेवा’ शुरु

काठमाडाैं ।  नेचुरल बचत तथा ऋण सहकारी संस्थाले मिस्ड कल बैंकिङ सेवा शुरू गरेको छ । काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको साे संस्थालेअत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी सदस्यलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे नेचुरल बचतले ‘मिस्ड कल बैंकिङ सेवा’ शुरूवात गरेकाे हो । नेचुरल संस्थाको ११ औं बार्षिक साधारणसभा (असोज ३ गते शुक्रबार) बाट ‘मिस्ड कल बैंकिङ सेवा’ शुभारम्भ गरेको संस्थाका अध्यक्ष शर्मिला अमात्यले जानकारी दिईन । यो सेवाको सुरुवातसँगै नेचुरलका सदस्यहरुले मोबाईल रिर्चाज र खाताको रकमको जानकारीका लागि ‘मिस्ड कल’ गरेर प्राप्त गर्न सक्ने अमात्यले बताईन । सदस्यहरुले मोबाइल रिर्चाजको लागि ९८४८७५४९८० र खाताको रकमको जानकारीका लागि ९८२३०११७९४ मा ‘मिस्ड कल’ गर्नुपर्नेछ । यो नम्बरमा ‘मिस्ड कल’ गरेपछि मोबाईल रिर्चाज र खाताको रकमको जानकारी पाउने व्यवस्था संस्थाले मिलाएको संस्थाको प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । नेचुरलले एटिएम सेवा पनि सुरु गरिसकेको छ । यस संस्था एससिटि नेर्टवकसँग आवद्ध नेपालभरि रहेका बैंक तथा वित्तीय संस्थाको एटिएमबाट रकम निकाल्न तथा पिओएस मा पनि प्रयोग गर्न सकिने सेवा प्रदान गरेको पाठकले बताए । यसका साथै ‘नेचुरल स्मार्ट एप’ मार्फत खाताको रकम ट्रान्सफर, आफ्नो बारोबारको मिनि स्टेटमेन्ट, मोबाइल रिर्चाज, बिजुलीको बिल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, डिस होमको रिर्चाजका साथै स्टक मार्केट र विनिमय दरको दैनिक जानकारी समेत प्राप्त गर्न सकिने । संस्थाले बचत तथा कारोबारलाई थप पादर्शी र बिस्वासिलो बनाउन एसएमएस बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बजार प्रवद्र्धन, व्यवस्थापन र बचत संकलन सहजिकरण गर्न ब्रान्चलेस बैंकिङ सेवा प्रदान गरी प्रभावकारी ढंगबाट कारोबार सञ्चालन गर्दै आएको प्रमुख कार्यकारी पाठकले बताए । नेचुरल बचतको ८ करोड ६२ लाख ४० हजार सेयर पुँजी रहेको छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा ९४ करोड २० लाख ९० हजार निक्षेप संकलन गरेको थियो । संस्थाले १ अर्ब ७ करोड ४७ लाख ६८ हजार २ सय ८० रुपैयाँ लगानी गरी १७ करोड ६७ लाख ८९ हजार १ सय ७ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले यस अवधिमा २ करोड ४३ लाख ८५ हजार ४४ रुपैयाँ २९ पैसा खुद नाफा (आयकर व्यवस्था अघि) कमाएको छ । संस्थाको केन्द्रिय कार्यालय जोरपाटी, सेवा केन्द्र साँखु, सेवाकेन्द्र नयाँ बजार र सम्र्पक कार्यालय काँडाघारीबाट सदस्यलाई सरल, सहज र विश्वाशिलो ढंगबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।