काठमाडौँ । एनआईसी एशिया बैंकका प्रमूख कार्यकारी अधिकृत(सीईओ) रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवि भण्डारीबाट संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा विभुषित गर्ने घोषणा भएको छ ।
मुलुकको समग्र बैंकिङ्ग क्षेत्रमा न्यौपानेले पुर्याउनु भएकोे योगदानको कदर गर्दै नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधान दिवस २०७६ को अवसरमा शुक्रबार उक्त पदवीको घोषणा गरेकी हुन् । सरकारले संविधान दिवसका अवसरमा मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरु मध्ये युवा बैंकर न्यौपानेलाई छनौट गरेको हो ।
न्यौपाने नेपालको वाणिज्य बैंकहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु मध्ये सवैभन्दा कम उमेर(३९ बर्ष) का छन् । नेपालको दुर्गम तथा ग्रामीण जिल्ला रसुवामा जन्मिएका न्यौपाने चार्टड एकाउण्टेन्ट समेत हुन् । विद्यालय शिक्षा रसुवा जिल्लाको तत्कालीन धैवुङ गाविसमा पर्ने कालिका हिमालय उच्च माध्यमिक विद्यालयबाट सम्पन्न गरेका थिए ।