लुम्बिनी विकास बैंकको अध्यक्षमा दशरथ रिसाल चयन
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको अध्यक्षमा दशरथ रिसाल चयन भएका छन् । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले रिसाललाई अध्यक्षमा चयन गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जनाएका छन् ।
माछापुच्छे बैंकको १३ नयाँ शाखाको औपचारिक उद्घाटन
काठमाडौं । माछापुच्छे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ नयाँ शाखा कार्यालयहरुको शुरुवात गरेको छ । उक्त कार्यालयहरुको उपमहानरपालिका तथा महानगरपालिकाका स्थानीय जनप्रतनिधि एवं माछापुच्छे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा र लालबन्दी त्यस्तै धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार तथा सप्तरी जिल्लाको कन्चनरुपमा जम्मा ९ वटा शाखा कार्यालयहरुको सुरुवात गरेको हो । यसैगरी, प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी र सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट तथा ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेका छन् । माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ । यसरी, बैकले प्रदेशमा आफ्ना नयाँ शाखासहित १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवामार्फत २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।
युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त, उपाध्याय नबिलमा जाने
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त भएका छन् । उनले मंगलबार बीमा समितिका अध्यक्ष समक्ष सपथग्रहण लिएका छन् । एनई ग्रुपबाट प्रतिनिधित्व गरेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्कीले प्रतिनिधित्व गरेको हुन् । उपाध्याय नविल बैंकको सञ्चालक समितिमा जाने भएपछि युनाईटेड छोडेको स्रोतले बतायो । सन १९७२ मा त्रिभुवन विश्वविद्यायलमा अर्थशास्त्र विषयको गोल्ड मेडलिष्ट कार्कीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ । ‘बैंकिङ र बीमा क्षेत्रमा लामो अनुभव छ । युनाईटेड इन्स्योरेन्सलाई अहिलेको अवस्थाबाट धेरै अगाडि बढाउनु छ’ उनले विकासन्युजसँग भने । उनी कृषि विकास बैंकमा २ वर्ष महाप्रबन्धक भएका थिए भने वित्तीय क्षेत्र सुधार कार्यक्रम चलेको बेलामा नेपाल बैंकमा ६ वर्ष अध्यक्ष भएका थिए । त्यहिबेलामा नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्ष भएर काम गरेका थिए । उनी विश्व बैंकले सहयोग गरेका ग्रामिण खानेपानी विकास बोर्ड, व्यवसायिक कृषि तथा व्यापार परियोजना कार्यक्रमहरुमा संलग्न हुँदै आएका छन् ।