सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकी छिन् । भदौ १२ गते बसेको सञ्चालक समिति बैठकले शर्मालार्ई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरिसकेको अनुभव रहेको छ ।
अशोक लेलैण्डका गाडी किन्दा सिर्जना फाइनान्सबाट ७० प्रतिशत कर्जा पाइने
काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जनाफाइनान्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुरुपआईएमईमोटर्सबाट सिफारिस पाएकाग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा सिर्जना फाइनान्स लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने जनाइएको छ ।
उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा उद्घाटन
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहिवार मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा उर्लावारी शाखा र सुनसरी जिल्लाको इनरुवा नपाको भगवतीपुर रोडमा शाखा कार्यालय तथा एटीएम सेवा शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन उर्लाबारी नगरपालिका प्रमुख खड्गवहादुर फागो र ईनरुवा नपा वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरी दूई शाखा कार्यालयहरुको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवाप्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिईरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।