एनआईसी एशियाको ‘दशैं सुपर चमत्कारिक उत्सव योजना’, भाटभटेनीमा सामान किन्दा १५ प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंकले यस वर्षको दशैंमा आफ्ना ग्राहकहरुका लागि ‘दशैं सुपर चमत्कारिक उत्सव योजना’ ल्याएको छ । उक्त योजना अन्तरगत विभिन्न शहर र ठाँउहरुमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा बैंकका ग्राहकहरुले डेबिट एवम् क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५% वा प्रत्येक रु. ६,६,७६/- को खरिदमा रु १,०००/- सम्म छुट प्राप्त गर्न सक्ने छन् । असोज ८ गतेदेखि शुरु भएको यो योजनासँगै एनआईसी एशिया बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको छ । छुटको आकर्षणसँगै स्टलमा उपस्थित बैंकका प्रतिनिधिहरुको सहयोगमा अहिलेसम्म हजारौं नयाँ कार्डहरु इस्यु भइसकेको र प्रतिदिन तीन करोडको हाराहारीमा कारोबार भइरहेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको इन्टरनेट बैकिङ्ग सेवा विस्तार
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । नयाँ इन्टरनेट बैंकिङ्ग सेवामा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ । यस अगावै एक्सप्रेस बैंकिङ मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो । यसै क्रममा पुरानो इ-बैंकिङ्ग सेवा प्रयोग गरिरहनु भएका ग्राहक महानुभावहरुलाई यस बैंकको कुनै पनि शाखा कार्यलयहरुमा सम्पर्क गरी, नयाँ ई-बैंकिङ्ग सेवाको लगइन एवम् पासवर्ड लिन सकिने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले कावासोतीमा बिस्तार गर्यो २ शाखा रहित बैंकिङ सेवा
काठमाडौँ । कावासोतीमा माछापुच्छ्रे बैंक लिमिटेडले दुई वटा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । सोमबार कावासोती १७ मा बैंकले १२९ औँ र कावासोती ६ मा १३० औँ शाखा रहित बैंकिङ सेवा बिस्तार गरेको शाखा प्रबन्धक शेषराज पोखरेलले बताए । शाखा प्रबन्धक पोखरेलको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रदेश सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशेखर मर्दनिया, नवलपुर उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल, वडा नं १७ का वडा अध्यक्ष छविलाल महतो विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए ।