बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक
काठमाडौ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेललाई मातृ शोक परेको छ । उनकी माता राधादेवीको ८६ वर्षको निधन भएको हो । शनिवार काठमाडौंको मैह्पीमा कार्यकारी निर्देशक पौडेलकी माताको निधन भएको हो । स्वर्गीय माता राधादेवीका २ छोरा र ३ छोरी छन् । बीमा समितिका कार्यकारी निर्देशक पौडेल क्रिया कर्मको लागि चितवनको नारायणघाटमा बसेका छन् । पौडेलकी आमाले अन्तिम संस्कारका लागि चितवनको देवघाट पुर्याउने अनुरोध गरेकी थिइन् । आमाको अन्तिम इच्छा पूरा गर्दै पौडेलका परिवार देवघाट पुगेका हुन् ।
सिर्जना फाईनान्सद्वारा १० हजार उपचार खर्च प्रदान
काठमाडौँ । बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने रामबाबु राउतकी पत्नी बर्ष २६ की आस्था राउत कार्की एआईएचए जस्तो गम्भीर रोगबाट पीडित भएकी छिन् । विगत ३–४ महिना देखि अस्पताल भर्ना भई उपचारार्थ रहेकोमा निजको उपचारका लागि सिर्जना फाईनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग स्वरुप रु. १०,००० प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन क्षमता अभिबृद्धि, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा सहयोग गर्दै आएको उक्त संस्थाले असोज १३ गते संस्थाका कार्यकारी अधिकृत भवानीशंकर चापागाञी मार्फत निजको श्रीमान् रामबाबु राउतलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
लक्ष्मी बैंकको नयाँ मोरङ्गको रँगेली र काठमाडौँको कपनमा
काठमाडौँ । लक्ष्मी बैंकले मोरङ्गको रँगेली र काठमाडौँको कपनमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११५शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४०एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४शाखा रहित बैंकिङ्ग एजेन्टहरु रहेको जनाइएको छ ।