सिटिजन्स बैंकको इन्टरनेट बैकिङ्ग सेवा विस्तार

<p>काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । नयाँ इन्टरनेट बैंकिङ्ग सेवामा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ । यस अगावै एक्सप्रेस बैंकिङ मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न [&hellip;]</p>


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक्सप्रेस बैंकिङ नामक इन्टरनेट बैकिङ्ग सेवा विस्तार गरेको छ । नयाँ इन्टरनेट बैंकिङ्ग सेवामा अन्तरबैंक रकम स्थानान्तरण, विद्युुत महशुल भुक्तानी, केवल, इन्टरनेट सेवाको भुक्तानीको साथै हवाई टिकट खरिद लगायतका सुविधा थप गरिएको छ ।

यस अगावै एक्सप्रेस बैंकिङ मार्फत स्टेटमेण्ट हेर्न, टेलिफोन, इन्टरनेट, मोवाइल आदिको विल भुक्तानी गर्न, विभिन्न वालेट लोड गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न साथै स्कूल तथा कलेजको शूल्क तिर्न सकिने सुविधा उपलब्ध थियो ।

यसै क्रममा पुरानो इ-बैंकिङ्ग सेवा प्रयोग गरिरहनु भएका ग्राहक महानुभावहरुलाई यस बैंकको कुनै पनि शाखा कार्यलयहरुमा सम्पर्क गरी, नयाँ ई-बैंकिङ्ग सेवाको लगइन एवम् पासवर्ड लिन सकिने बैंकले जनाएको छ ।

Share News