धनतेरस लगानीकाे लागि शुभदिनः अनलाइनबाटै एनआइबिएल सहभागिता फण्डका इकाइ किन्न मिल्ने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डले यो वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्तालाई नयाँ अवसर ल्याएको छ । फण्डले धनतेरसको अवसरमा ईच्छुक लगानीकर्ताहरुलाई अवसर स्वरुप एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजीबजारमा लगानीको शुरु गर्न सक्ने व्यवस्था मिलाएको छ । योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले यही शुक्रबार अर्थात कार्तिक २८ गते धनतेरसको दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ईकाईहरु अनलाईन मार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ । फण्डले हालै अनलाईन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको हो । यससँगै इच्छुक लगानीकर्ताले लगानीको लागि शुभदिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाईहरु खरिद गरी लगानीको शुरु गर्न सक्नेछन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कूल १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक भन्छन्- सबैको मन मनमा स्वास्थ्य बीमा पुर्याउँछु

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सबै नेपालीको मन मनमा स्वास्थ्य बीमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले आज(कार्तिक २६ गते) आफ्नो पदको पदबहाली गर्दै सो बताएका हुन् । साथै, डा. बसौलाले आफ्नो मुख्य लक्ष्य नै स्वास्थ्य बीमाको गुणात्मक र संख्यात्मक पहुँच वृद्धि गर्ने बताएका छन् । डा. बसौलाले अपरान्ह स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पुगेर पद बहाली गरेका हुन् । उनले आजै स्वास्थ्य मन्त्रालयबाट पत्र बुझेका थिए ।