अजोड इन्स्योरेन्सकाे नाफामा उल्लेख्य सुधार, बीमा शुल्क साढे ११ करोड बढी संकलन

<p>&nbsp; काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा उल्लेख्य नाफा आर्जन गरेको छ । इन्स्योरेन्सकाे वित्तीय विवरण अनुसार कम्पनीले साे अवधिमा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ ।  जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिकाे तुलनामा ४ कराेड ५३ लाख रूपैयाँले बढी हाे । कम्पनीले गत आवकाे पहिलाे तीन [&hellip;]</p>

 


काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा उल्लेख्य नाफा आर्जन गरेको छ । इन्स्योरेन्सकाे वित्तीय विवरण अनुसार कम्पनीले साे अवधिमा ५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ ।  जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिकाे तुलनामा ४ कराेड ५३ लाख रूपैयाँले बढी हाे ।

कम्पनीले गत आवकाे पहिलाे तीन महिनामा ७७ लाख ९७ हजार रूपैयाँ खुद नाफा कमाएकाे थियाे ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको पहिलो त्रैमासमा ७ करोड ९५ लाख रुपैयाँ रहेकाे थियाे ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६ करोड ९६ लाख रुपैयाँ  रहेको छ भने बीमा कोषमा ८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीकाे प्रतिसेयर आम्दानी ५.३० रूपैयाँ र प्रतिसेयर नेटवर्थ ११६.७२ रूपैयाँ रहेकाे छ ।

इन्स्योरेन्सले ३५ हजार ९५२ वटा बीमालेख जारी गरी कुल ३३ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा २ हजार ८७९ बीमालेख नविकरण भएका छन् ।

कम्पनीले ५९७ वटा दाबी वापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५४२ दाबीका लागि १२ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

Share News