एनसीएचएलले ल्यायो डिजिटल किनमेल अफर, एनआईसी एशियासँग सहकार्य

काठमाडौं । एनसीएचएलले एनआइसी एसिया बैंकसँग सहकार्य गरी कनेक्ट आईपीएस डिजिटल किनमेल अफर ल्याएको छ । यसपालिको तिहारमा अनलाईन किनमेल अनलाईन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एनसीएचएलले उक्त अफर ल्याएको हो । यस अफर अन्तर्गत बैंककाग्राहकले ठूलो डटकम तथा कल्पमार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आईपीएस मार्फत भुक्तानीगर्दा प्रतिकारोबार १५ प्रतिशत (अधिकतम रु ५००) सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो अफर तिहारको समयलाई लक्षित गरी कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहकले कनेक्ट आईपीएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरु लिन्क गरी बैंकबाट वा अन्लाईनबाटै सेल्फ भेरिफाई गराई सेवा सुचारु गर्न सक्दछन् । ग्राहकहरुले घरमै बसी सहज तरिकाले फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु खाताबाटै गर्न कनेक्ट आईपीएसको वेभसाइट, मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल/ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा जोडिएको पेमेन्ट गेटवे लगायतका माध्यमहरुबाट प्रयोग गर्न सक्छन् ।

पहिलो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सको बीमाशूल्क आर्जन १२ करोड ११ लाख रुपैयाँ

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ११ लाख रुपैयाँ बीमाशूल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको बीमाशूल्क ११ करोड ९२ लाख रुपैयाँ मात्रै रहेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको खुद नाफा ३ करोड ५ लाख रहेको छ । सो भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा २ करोड २ लाख रुपैयाँमा सिमीत थियो । एभरेष्ट इन्स्योेरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको बीमा कोषमा ३४ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासमा एशियन लाइफको खुद नाफा ९ करोड ४० लाख रुपैयाँ

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४ करोड २ लाख रुपैयाँ मात्र रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही समयमा ८८ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ  भुक्तानी गरेको छ । कम्पनीले दिएको जानकारी अुनसार ७ हजार २ सय ९७ कुल दाबी परेको थियो ।