एफएनसीसीआईमा ‘क्याम्प चेन्ज’को मौसम, दिनेश श्रेष्ठले छोडे किशोर प्रधानलाई

काठमाडौं । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन लक्षित ‘क्याम्प चेन्ज’ मौसम सुरु भएको छ । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानको प्यानलबाट जिल्ला नगर उपाध्यक्षको चुनाव लड्ने घोषणा गरेका दिनेश श्रेष्ठ बुधबार चन्द्रप्रसाद ढकालकाे उम्मेदवारी घाेषणा सभामा सहभागी भए । त्यतिमात्र  हाेइन, उनी मञ्चबाट बाेल्दै बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्रशंसा गरे । नेपाल उद्याेग वाणिज्य महासंघमा सबल र सक्षम नेतृत्वकाे खाँचाे  रहेकाे र व्यवसायिक रूपमा सफल र महासंघमा पनि ठूलाे याेगदान गरेका ढकालले महासंघकाे सफल नेतृत्व गर्न सक्ने उनले बताए । केही साता अघि प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दा श्रेष्ठ पनि गएका थिए । श्रेष्ठले सो मन्चबाट प्रधानलाई आफ्नो समर्थन रहेको घोषणा नै गरेका थिए ।

चार उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः सबैलाई समान नजरले हेर्ने नेतृत्व आवश्यक छ

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, तुल्सीपुर उद्योग वाणिज्य संघका अद्यक्ष विर बहादुर राउत, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्व कुमार चन्दलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि सबै व्यवसायीलाई समान नजरले हेर्ने नेतृत्व आवश्य रहेकाे प्रतिक्रिया दिएका छन् । काठमाडौंमात्र नभइ जिल्ला नगरका व्यवसायीलाई पनि व्यवसायी हुन् भन्ने सोचोस्  नारायण भुसाल, अध्यक्ष, दाङ उद्योग वाणिज्य संघ अहिले सम्मका नेतृत्वहरुले हामी साना उद्यागी व्यवसायीहरुका खासै कूरा उठाउने प्रयास गरेका छैनन् । महासंघले आफुलाई परेको समयमा मात्र जिल्ला नगरका व्यवसमयीसँग सहकार्य गर्ने अरु बेला कुनै वास्ता नगर्ने परिपाटी छ । अबको नेतृत्वले काठमाडौं मात्र नभई जिल्लाका व्यवसायीहरुलाई पनि व्यवसायी हुन् भन्ने नजरले हेरोस् भन्ने हो । अबको नेतृत्वले आफ्नो व्यक्तिगत लाभ भन्दा पनि सबै व्यवसायीको हक हितको लागि काम गरोस् । जिल्ला नगरमा पनि लगानीमैत्री वातावरण सिर्जना गर्ने नेतृत्व हुनु पर्छ । नयाँ राजश्जको नीति परिवर्तन भइरहन्छ । यसको लागि जिल्ला नगरका व्यवसायीलाई पनि तालिम प्रदान गर्न सक्ने नेतृत्व हामीलाई चाहिन्छ । लगानीमैत्री वातावरणको सिर्जना गरोस् विर बहादुर राउत, अध्यक्ष तुल्सीपुर उद्योग वाणिज्य संघ, दाङ तुल्सिपुर उद्योग वाणिज्य संघ महासंघको एउटा अभिन्न अंग हो । आगामी चैतमा हुने चुनावमार्फत सक्षम नेतृत्व आओस् भन्ने हो । निजी क्षेत्रबिना देशको सम्वृृद्धि परिकल्पना गर्न सकिँदैन । निजी क्षेत्रका व्यवसायीहरुले आगामी नेतृत्वबाट एउटा मञ्चमा मात्र सम्वृद्धिका कुरा नभई व्यवहारिक रुपमा काम गर्ने नेतृत्व चाहेका छन् । उद्योगी व्यवसायी सम्वृृद्ध हुनु पर्छ । त्यसका लागि लगानीमैत्री वातावरणको सिर्जना गरोस् । भयरहित वातावरणमा काम गर्ने वातावरण सिर्जना गरोस् भन्ने अपेक्षा छ । परिवर्तनको दिशातर्फ दोर्याउने नेतृत्व हामीलाई चाहन्छ । विदेशी लगानी भित्र्याउने नेतृत्व चाहिन्छ कुल प्रसाद न्यौपाने, अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही हाम्रा थुप्रै समस्या छन् । सरकारसँग विश्वास जोगाउने खालको नेतृत्व हामीलाई आवश्यक छ । सबैलाई हातेमालो गरी अगाडि बढ्ने नेतृत्व आजको आवश्यकता हो । विदेशी लगानी नेपाल भित्र्याउने सक्षम नेतृत्व हामीले खोजेका छौं । देशभर छरिएर बसेका व्यवसायी उद्योगीहरुको मन बुझ्न खाज्ने चाहिन्छ । नेपालमा ठूला उद्योगी मात्र हेरेको अवस्था छ । नेपाल साना व्यवसायीलले धानेको देश हो । त्यसैले सबैलाई समान व्यवहार गर्न सक्ने नेतृत्व हामीलाई चाहिएको हो । पहाडी भेगका व्यवसायीसँग पनि सहकार्य गरोस् बिश्व कुमार चन्द, अध्यक्ष रोल्पा उद्योग वाणिज्य संघ पहाडी भेगका व्यवसायीसँग सहकार्य गरी अगाडि बढ्ने नेतृत्व हामीलाई आवशयक छ । व्यवस्थित रुपले सबै व्यवसायीहरुलाई समान व्यवहार गरोस् भन्ने हाम्रो चाहना छ । नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् । सम्बन्धित समाचार: कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्

कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न हामीले  मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बहादुर बुढा, कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सुर्य बहादुर शाही,जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण बहादुर खत्री र जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष  रज्जब अली मनिहरलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वले व्यवसायिक समस्या समाधानको लागि राजनीतिक नेतृत्वकोमा धाउनु पर्ने अवस्था अन्त्य गरेर एफएनसीसीआईकै नेतृत्वले समाधान दिन सक्ने प्रकारको हुनुपर्ने बताए । साथै, अबको नेतृत्वले आफुहरुका समस्याहरु भन्दा पनि फोन उठाइ दिएपनि हुने थियो भन्ने प्रतिक्रिया दिएका छन् । महासंघको प्रतिष्ठा कायम गरोस् कमल बहादुर बुढा, अध्यक्ष, मुगु उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो प्रतिष्ठा जोगाउन आवश्यक छ । अहिले सम्म महासंघमा व्यक्तिगत सोच हावी छ । कुनै पनि व्यक्तिलाई चित्त नबुझे उद्योग वाणिज्य संघ जस्तै संस्था खोल्ने प्रवृति पनि हावी छ । यस्तो खालको प्रवृतिको अन्त्य हुनु पर्छ । अहिले महासंघ महासंघ ठूला व्यापारीमा मात्र केन्द्रित भएको छ । यो अवस्थ अबको नेतृत्वले अन्त्य गर्नु पर्छ भन्ने हाम्रो माग पनि छ । अबको नेतृत्वले समग्र व्यवसायीको हक हितमा काम गर्नु पर्छ । महासंघ हिजो जुन हिसावमा चलि रहेको थियो । त्यही अवस्थामा आज चल्नु हुँदैन । आफ्नो पहुँच कायम गर्ने प्रवितिको अन्त्य हुनु पर्छ । हाम्रा समस्या त परै जाओस् जिल्लाको उद्योग वाणिज्य संघ सञ्चालन गर्न पनि समस्या भइरहेको छ । भनेको जस्तो कहिल्यै हुँदैन, अपेक्षा छ भनेर के गरौं सुर्य बहादुर शाही, अध्यक्ष, कालिकोट उद्योग वाणिज्य संघ भनेको जस्तो कहिल्यै हुँदैन, अपेक्षा छ भनेर के गरौं । हाम्रा समस्याहरु धेरै छन् । जिल्ला नगरका व्यवसायीहरुलाई हेरेको छैन । चुनावमा हामी छौं भनेर आश्वासन दिने तर जिती सकेपछि कता हराउँछन् थाहा हुन्न । हामीलाई पनि व्यवसायी हुन् भन्ने मानसिकताले हेरिदिनु पर्छ । नेपाल उद्योग वाणिज्य महासंघको अबको नेतृत्व व्यवसायीका पिरमर्का र समस्या बुझ्ने खालको हुनुपर्छ । महासंघको अबको नेतृत्वले व्यवसायीको हकहितको लागि सक्षम हुनु पर्छ । आजसम्मका नेतृत्वहरुले त्यति काम गर्न सकेको अवस्था छैन । उनीहरुले व्यवसायीहरुका समस्या समाधान गर्न तर्फ ध्यान दिएका छैनन् । हामीलाई पनि ठूला व्यवसायी सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक छ । कर्ण बहादुर खत्री, अध्यक्ष, जाजरकोट उद्योग वाणिज्य संघ महासंघको गरिमा दैनिक रुपमा घट्दो क्रममा छ । यो अवस्थाबाट जोगाउने नेतृत्वको आवश्यक छ । हाम्रो ठूलो अपेक्षा केही छैन । सबै ठाउँका उद्योग वाणिज्य संघका आ–आफ्नै समस्या छन् । तर, सरकार र निजी क्षेत्रलाई समन्वय गरेर अगाडि बढ्ने नेतृत्व हामीलाई आवश्यक छ । साना तथा मझौला व्यवसायीलाई पनि ठूला उद्योगीहरु सरह व्यवहार गर्ने नेतृत्व हामीलाई आवश्यक छ । हामीलाई व्यवसायीक मुद्धा र समस्यालाई समाधान गर्ने खालको नेतृव चाहिन्छ । माथिल्लो तह अर्थात सरकारसँग छलफल गर्दा उहाँहरु आफ्नै कुराहरु गर्ने खालको प्रवृति हावी छ । उनीहरु हामीसँग छलफल नगरी एकल ढंगले जानुहुन्छ । हाम्रा आवाज सुन्न सकेका छैनन् । आउने नेतृत्वले हाम्रो फोन उठाइदिए पुग्छ रज्जब अली मनिहर, अध्यक्ष, जुम्ला उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघमा जो आए पनि हामी जिल्ला नगरका व्यवसयीलाई हेरि दिनु पर्छ । आउने नेतृत्वले फोन उठाइदिए पनि धेरै समस्या समाधान हुन्छ । तिनीहरु हाम्रो फोन नै उठाई दिदैनन् । निजी क्षेत्रमा भएका विविध समस्याहरुलाई समाधान गर्न सक्ने नेतृत्व आओस् भन्ने हाम्रो भनाई छ । कर्णाली प्रदेश जहिले पनि राज्यको नजरबाट टाढा रह्यो । निजी क्षेत्रको नजरबाट पनि टाढा रह्यौं । कर्णालीमा भएका उद्योग व्यवसायलाई बाहिर ल्याउने कुरामा हामी पछाडि परेका छौं । अबको नेतृत्वले कर्णालीको यिनै समस्यालाई बुझ्ने र समाधान गर्नेछ भन्ने अपेक्षा छ । सबैभन्दा बढी सम्भावना भएको र पछाडि परेको प्रदेश कर्णाली हो । अबको नेतृत्वले यहाँको औद्योगिक सम्भावनालाई बाहिर ल्याउने, यहाँका समस्याहरुलाई समाधान गर्न सक्नेछ भन्ने आशा छ । सम्बन्धित समाचार: सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्