बेलायतको “चीभेनिङ छात्रवृत्ति” को लागि आवेदन खुला

काठमाडौं। यदि तपाईं आगामी २०१९-२० को लागि यूकेमा स्नातकोत्तर डिग्री अध्ययन गर्ने सोच्दै हुनुहुन्छ भने, द चिभिनिङ छात्रवृत्ति ले तपाईंलाई आवश्यक सहयोग प्रदान गर्न सक्छ। छात्रवृत्ति बेलायती राजदुतावास काठमाडौंद्वारा अगस्ट ६ मा घोषणा गरिएको थियो। दूतावासको अनुसार, उक्त छात्रवृत्तिले विद्यार्थीहरूलाई बेलायती विश्वविद्यालयहरूमा एक वर्षको मास्टर डिग्री अध्ययन गर्न मद्दत गर्नेछ। छात्रवृत्ति बलियो नेतृत्व क्षमता र बलियो शैक्षिक पृष्ठभूमि भएको व्यक्तिहरुलाई प्रदान गरिन्छ। यस छात्रवृत्तिले कुनै पनि विश्वविद्यालयमा कुनै पनि मास्टर डिग्री को लागि पूर्णरुपमा वित्तीय सहयोग प्रदान गर्दछ। छात्रवृत्तिले विशेष शैक्षिक, व्यावसायिक र सांस्कृतिक अनुभवहरूको एक विस्तृत श्रृंखलासम्म पहुँचको अनुमति दिने दूतावासको भनाई छ। नयाँ आवेदकहरु मध्य नेपालबाट नौ जनालाई छात्रवृत्ति प्रदान गरी बेलायती विश्वविद्यालयहरुमा अध्ययनको लागि पठाईने छ। अनलाइन आवेदन फर्म www.cheavening/org/apply मा आवश्यक कागजातहरूको साथमा नोभेम्बर 6 सम्म बुझाईसक्नु पर्नेछ।

दोस्रो एका अस्ट्रेलियन एजुकेसन फेयर हुँदै

काठमाडौं। विदेशमा उच्च शिक्षा हाँसिल गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि अस्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तब्यका रुपमा स्थापित भईसकेको छ। अस्ट्रेलिया अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुको संख्या पनि दिनानुदिन बृदि भैरहेको छ। उच्च शिक्षाको लागि आकर्षक गन्तब्य बनिरहेको अस्ट्रेलिया अध्ययन गर्न जाने सोचमा रहनुभएका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै अस्ट्रेलियामा रहेका शैक्षिक परामर्स केन्द्रहरुको साझा छाता संगठन अस्ट्रेलिया एजुकेसन कन्सल्ट्यान्ट् एलाईन्स (एका) ले अगस्ट २४ र २५ (भाद्र ८ र ९ गते) दोस्रो अस्ट्रेलिया शैक्षिक मेलाको आयोजना गर्दैछ। प्लस टु सकेर अस्ट्रेलिया उच्च शिक्षाको अध्ययनको लागि जाने क्रम बढीरहँदा विद्यार्थीसंगै अभिभावकहरुको समेत उत्तिकै जिम्मेवारी रहेकोले मेलामा एकाको नारा ” विद्यार्थीसंगै अभिभावक” रहेको छ। होटल अन्नपूर्णमा आयोजना हुने शैक्षिक मेलामा अस्ट्रेलियाका सात वटा कालेज तथा २२ वटा शैक्षिक परामर्सदाताहरुको प्रत्यक्ष सहभागी रहने उनिहरुले जनाएको छ। दुई दिन सम्म चल्ने शैक्षिक मेलामा अस्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभीभावकको जिम्मेवारी, पढाई खर्च र पढ्ने बिषय, कलेज तथा बिस्वोबिद्यालयका बारेमा बिशेष जानकारी उपलब्ध गराउने जानकारी समेत् दिए।

त्रिविमा घोटाला भएको भन्दै अख्तियारले छानविन गर्नुपर्ने नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय(त्रिवि) समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ । त्रिवि समितिले पत्रकार सम्मेलन गरेर युएसए आईडीमार्फत मानव शास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको हाे । उनले भने- “हाम्रो मान्यता त्रिविका सम्पूर्ण विभागहरु विद्यार्थीको हक र हितको पक्षमा बन्न सक्नुपर्छ भन्ने हो । अध्ययन अनुशन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ भन्ने हो । त्रिविको लोगो र स्ट्याम समेत दुरुपयोग गरी अनाधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेका छन् ।” त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारसमेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका छ । नत्र त्रिविको लोगो र स्ट्याम कसरी दुरुपयोग भयो ? विदेशी प्रोजेक्टलाई त्रिविको विधानभित्र रहेर क्रियाकलापहरु गर्न पाईने भनिएको छ, तर युएसएआईडीसंग मिलेर यस्तो काम भएको छ, त्रिविका कार्यकारी पदाधिकारीहरुको अनुमतिविना यो काम कसरी भयो ? कति आर्थिक दुरुपयोग भयो ? त्यसका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोल्नुपर्छ । आफूहरुले मानव संकाय प्रमुख प्रा.डा.लयप्रसाद उप्रेतीलाई यसबारेमा छलफल गरौं भनेर आग्रह गर्दा उनले मानव शास्त्रको विभागीय प्रमुखको जिम्मेवारीबाट राजिनामा दिएको उल्लेख गर्दै आचार्यले भने,‘राजिनामा दिएर पन्छिन मिल्दैन । त्यो समाधान होईन, त्रिविलाई राम्रो र हाम्रो बनाउने हो भने त्रिविका कार्यकारी पदमा रहेका विशिष्ट व्यक्तिदेखि कर्मचारीसम्मले सच्चिनुपर्छ, यो नेविसंघको माग हो । नेपाल, नेपाली र त्रिविको हितविपरित विदेशी संस्थाहरुबाट आएका कुनैपनि प्रोजेक्टलाई त्रिविका पदाधिकारीहरुले अस्वीकार गर्नुपर्ने आफूहरुको माग गरहेको उनले बताए । उनले कार्यकारी परिषदको स्वीकृति बिना कुनैपनि विदेशी अनुदान लिएर अनुशन्धान लगायतका अन्य कार्यक्रमहरु गर्न नपाईने पनि बताए । त्रिविको लोगो दुरुपयोग गर्नेलाई कडा भन्दा कडा कानूनी कारबाही हुनुपर्ने पनि आचार्यले बताए । उनले भने, ‘कुनै बेला ४ हजार विद्यार्थीहरुले मानवशास्त्र पढ्ने गर्दथे, तर आज ४ जना विद्यार्थी मुस्किलले भेटिन्छन्, कसका कारणले यो स्थिति आयो ? त्रिविले यसबोरमा कुनै चिन्ता गर्नुपर्दैन् ? एउटा प्राध्यापक भएरपनि विदेशी एनजिओको पैसा खाएर बस्ने ? कुनै नैतिकताले उहाँहरुलाई छोएकोजस्तो देखिदैन।’ कार्यक्रममा नेविसंघ त्रिविका उपाध्यक्षद्धय रोहन महतारा र दिनेश लामिछाने, सचिव दुर्गा घिमिरे, नेता वसन्त  पौडेल लगायतले त्रिविका समस्याहरु समाधान गर्न सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।