गणितमा विद्यावारिधी गर्नेलाई ४ लाख राशीको पुरस्कार वितरण

काठमाडौँ । नेपाल गणित समाजले नेपालको विश्वविद्यालयहरुमा गणित विषयमा विद्यावारिधि गरिरहेका विभिन्न १६ जना विद्यार्थीलाई ४ लाख रुपैयाँ एनएमएपस फेलोसिप अवार्ड प्रदान गरेको छ । पुरस्कारको रकम निक सिमोन फाउन्डेशनले उपलव्ध गराएको थियो । असार ३१ गते गणित समाजद्वारा गणित केन्द्रिय विभाग र्कीतिपुरमा एक कार्यक्रमकको आयोजना गरी पुरस्कार रकम वितरण गरेको हो । कार्यक्रममा त्रिभुवन विश्वद्यिालयकी शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले पुरस्कार प्रदान गरिन । पुरस्कारले अनुसन्धानको लागि कोसेढुङ्गा साबित हुने पनि उनले बताइन । नेपाल गणित समाजले यसै बर्षबाट १६ जनालाई जनही २५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरेको छ ।नेपाल गणित समाजका सभापति प्रा.डा. टंकनाथ धमलाले भने नेपालमा गणित विषयमा अनुसन्धान गरि विद्यावारिधि गर्ने विद्यार्थीहरुको संख्या बढिरहेको बताए । निक सिमोन फाउनडेशनका संस्थापक जेम्स हरी सिमोन एक गणितज्ञ हुन । विश्वका अर्बपतिहरुको सुचिमा समेत सुचिकृत उनले आफना दिवंगत छोरा निक सिमोनको नाममा नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो रकम सहयोग गर्दे आएका छन् । सिमोन फाउनडेशनको नाममा उनले विश्वमा गणित र विज्ञानको क्षेत्रमा उल्लेखनिय अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरुलाई प्रतेक बर्ष ठूलो रकम सहयोग गर्दै आएका छन् ।

साउन २ र ३ गते व्यस्थापन तथा आईटीको शैक्षिक मेला

काठमाडौँ । नेपालको उत्कृष्ट शिक्षा भन्ने नाराको साथ साउन २ र ३ गते चौथो व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ । मेलामा पोखरा विश्वविद्यालयको ९ , त्रिभुवन विश्वविद्यालयको ६ , पूर्वाञ्चल विश्वविद्यालयको २, नेपाली विश्वविद्यालयका २ वटा, सिए र अन्य एउटा अध्यापन गराउने शैक्षिक संस्थाको सहभागिता रहने छ । उक्त शैक्षिक मेलामा एमबिए, एमबिएस, एमएससी, सिएसआइटी, बिबिएस, बिएससी, सिएसआईटी, बिएलटी, बिआईएम, बिएचएम, बिबिआईएस, बिटिटिएम, बिएचटीएम, बिएसडब्लु, बिबिएस र बिबिए–बिआई लगाएतका शैक्षिक उपाधिहरु प्रधान गर्ने ३८ वटा शैक्षिक संस्थाहरु सहभागिता रहने छ । मेलामा ५५ वटा स्टलहरु संचालन हुने छ । पाठशाला एजुकेसन फाउण्डेसनका म्यानेजिङ डाइरेक्टरले भने नेपालमा नै व्यवस्थापन तथा आईटी तर्फ गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री नपालमा नै उपलब्ध भएको यस संस्थाले प्रमाणित गरिसकेको छ । नेपालमा विभिन्न देशका १०० जन विद्यार्थी नेपालमा अध्ययन गरिहेको बताए । मेला अन्नपूर्ण होटलमा हुने छ । दुई दिने मेलामा ७ हजार विद्यार्थीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।

भूकम्प प्रभावित विद्यार्थीहरुलाई छात्रवृत्तिकाे अवसर, ब्रिजवाटरले दिँदै छ प्रतिविद्यार्थी ५० हजार रुपैयाँ

काठमाडौं । नेपालको ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रका माध्यमिक तहको परिक्षामा सहभागी भएका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्ने अवसर आएको छ । ब्रिजवाटर इन्टरनेशनल कलेजले लायन्स क्लबइ न्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए२ र लायन्स क्लब अफ काठमाडौं सिटिजन्ससँग समझदारी पत्रमाहस्ताक्षर गरेको छ । समझदारी पत्रअनुसार कमजोर आर्थिक अवस्था भएका तथा पिछडिएका ग्रामीण क्षेत्रका विद्यार्थीहरु जो ग्रामीण तथा भूकम्प प्रभावित क्षेत्रबाट आएका छन्, उनीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी कोषको लागि नभए पनि अतिपिछडिएका तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थहरुका लागि आवश्यक पर्ने रकम उठाउन सहकार्य गरिने प्रतिबद्धता हो । यो आवश्यकतामा आधारित छात्रवृत्ति कार्यक्रम एसईई सहभागी भएका विद्यार्थीहरुको लागि हो । जसलाई वित्तिय सहयोग निकै आवश्यक रहेको देखिएको छ, ब्रिजवाटर इन्टरनेशनल कलेजका प्रिन्सिपल संदिप खनालले भने । ‘क्रिएटिङ न्यू डाइमेन्सन टू एजुकेशन’ भन्ने मुलनाराका साथ ब्रिजवाटर इन्टरनेशनल कलेज आफूले चाहेको क्षेत्रमा भविश्यकोर्न सहयोग पुर्याउने माध्यमको रुपमा रहेको छ । यो छात्रवृत्ति १०० जना अति पिडछिएका तथा कमजोर आर्थिक अवस्था भएका नेपाली विद्यार्थीहरुका लागि अवसरको रुपमा आएको छ जसले प्रतिविद्यार्थी ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।