कक्षा १ देखि नै कृषि विषयमा पढार्इ, बालबालिकालार्इ कफी, अलैँची, कागती,अदुवा खेती सिकार्इदै

काभ्रेपलाञ्चोक ।  इ–भिलेजको नामले परिचित काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकामा कक्षा १ देखि ८ सम्म नै ऐच्छिक कृषि विषयको अध्यापन भइरहेको छ । साे नगरपालिकामा  स्थानीय पाठ्यक्रम अन्तर्गत यस शैक्षिक सत्रदेखि कृषि शिक्षा लागू गरिएको छ । स्थानीय बालबालिकाले कक्षा ८ सम्म कृषि विषय लिएर पढ्दा आफ्नै गाउँठाउँमा पराम्परागत बाहेक व्यावसायिक रुपमा उत्पादन गर्न सकिने कफी, अलैँची, कागती र अदुवा खेतीमा सघाउन सकून् भनेर स्थानीय पाठ्यक्रम कृषि शिक्षा लागू गरिएको हो । यसका लागि एक्सन एडले रु ५ लाख सहयोग गरेको थियो । एक्सन एडका नेपाल निर्देशक सुजिता शाक्यले भन्छन्-नेपालको सन्दर्भमा कृिष जनशक्ति उत्पादन गर्नु निकै चुनौतीपूर्ण छ तर इ–भिलेजले प्रस्ताव ग¥यो, हामीले सहयोग गर्ये ।” उनका अनुसार स्थानीय विद्यालयमा लागू गरिने १०० पूर्णाङ्कको सीपमूलक कृषि शिक्षाले इ–भिलेजमा ठूलै फड्को मार्नेछ । तत्कालीन सात गाविसलाई इ–भिलेज बनाउन शैक्षिक ग्रामीण विकास केन्द्रले पाठ्यक्रम विकास केन्द्र, जिल्ला शिक्षा कार्यालय, शैक्षिक तालीम केन्द्र, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशुसेवा कार्यालय तथा शिक्षाविद्को सल्लाहमा आधारभूत तह (१–८) सम्म स्थानीय कृषि शिक्षाको पाठ्यक्रम तयार गरेको हो । यससँगै आउँदो शैक्षिक सत्रमा कक्षा ९ हुँदै कक्षा १० सम्म कृषि पाठ्यक्रम लगिनेछ । केन्द्रले स्थानीय कृषि शिक्षाका लागि कक्षा १ देखि ५ सम्म शिक्षक निर्देशिकासमेत तयार पारिसकेको छ । पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि इ–भिलेजका ४८ वटा उच्च मावि, निमावि र प्राविमा लागू गरिएको हो । यसका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग सम्झौता गरिएको थियो । इ–भिलेजमा सरकारीे पुस्तकमा केन्द्रित अध्यापन प्रणालीको बदला ‘इनोभशन’ र ‘क्रिएशन’मा जोड दिन खोजिएको केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । उनी भन्छन्– “सरकारी पाठ्यक्रम सीपमूलक भएन भन्ने ठानेर हाम्रै पाठ्यक्रम निर्माण गरी कृषि शिक्षा दिन लागेका हौँ ।” उनका अनुसार यस क्षेत्रमा ७० प्रतिशत विद्यार्थी कृषि विषय लिएर पढिरहेका छन् । कृषि विषयका लागि सहयोग नियोकले पहिलो चरण २७ वटा विद्यालयका २/२ जना शिक्षकलाई तालीम दिएको थियो । सरकारले विसं २०४० सालमा अनिवार्य कृषि शिक्षा हटाई ऐच्छिक विषय बनाएको थियो । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा सीपमूलक कृषि शिक्षा स्थानीय स्तरमा उपयोगी हुने बताउछन् । उनी भन्छन् “यो शिक्षा निकै चुनौतीपूर्ण छ नै तर, उपयोगी शिक्षा हो ।’ यसअघि इ–भिलेजको प्रत्येक सरकारी विद्यालयमा इन्टरनेट सुविधा, इ–लाइबे्ररीमा अन्तक्र्रियात्मक पढाइ, पशुपालन तथा कृषिको स्थानीय पाठ्यक्रम, स्वास्थ्य चौकीमा इ–मेडिसिन लागू गरिएको थियो । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रविधियुक्त गाउँ बनाउने अभियानअन्तर्गत मण्डन देउपुर नगर क्षेत्रका जैसिथोक, महादेवस्थान, चण्डेनी र ज्याम्दी, नयाँगाउँ, गैरीबिसौना र वालुवापाटी गाउँलाई ग्रीन भिलेज बनाउने अवधारणा ल्याइएको हो । यी गाविसलाई ‘इ–भिलेज’ नाम दिएर काभे्रपलाञ्चोकको उत्तरपूर्वी क्षेत्रलाई ५ वर्षअघि केन्द्रले इ–एजुकेशनको नामबाट ती गाउँमा एकैसाथ काम थालेको थियो । प्रविधि सञ्जालका रुपमा विकसित भएको यहाँका विद्यालयमा इ–एजुकेशनका लागि नपाका उच्च मावि, मावि, निमावि र प्रावि गरी ४८ वटा विद्यालयमा कम्प्युटर तथा इन्टरनेट उपलब्ध गराइएको छ । यी गाउँमा सूचना–प्रविधिसँगै हरियाली विकास गर्न संस्थाले ७०० रोपनी जमीनमा कफी खेती तथा १५० रोपनी जमिनमा इलाइची खेती गरेको छ । केन्द्राध्यक्ष सापकोटाले भने – “सबै गाविसका खाली जमीनमा यी खेती विस्तार गरी इ–भिलेजसँगै ग्रीन–भिलेज बनाइने योजना छ ।” उहाँका अनुसार यहाँका विद्यार्थी र अभिभावकको सहयोगमा कृषकले सूचना–प्रविधिसँगै व्यावसायिक खेती गरी हरियाली गाउँमा रमाउँदै शिक्षण खर्च पनि जुटाउने उद्देश्यका साथ ग्रीन–भिलेज कार्यक्रम शुरु गरिएको हो । यसअघि, मण्डनको डेडिथुम्का उच्च माविमा केन्द्र बनाई मण्डन देउपुर नपाका सात वटा माविलाई उपकेन्द्र बनाई इन्टरनेट सञ्जाल विस्तार गरिएको थियो । केन्द्रको इ–एजुकेशन, इ–मेडिसिन र इ–एग्रीकल्चर कार्यक्रम सञ्चालनमा वायरलेस प्रविधिज्ञ महावीर पुनले सहयोग गरेका थिए । ‘कनेक्टिभिटी’का लागि नगरकोट र चण्डेनी मण्डनस्थित उमा सहशिक्षालय माविमा टावर राखिएको छ । इ–मेडिसिनका लागि धुलिखेल अस्पतालले स्थानीय स्वास्थ्य चौकीको समन्वयमा टेलिमेडिसिन तथा इ–एग्रीकल्चरका लागि सात वटै गाविसमा कृषि सूचना केन्द्र स्थापना गरिएको छ । जिल्लाको सबै नपा तथा गाउँपालिकामा यस्तै सञ्जाल जोड्ने अभियानमा केन्द्र छ । मण्डन देउपुर नपाका सबै उच्च मावि र माविले कम्प्युटर विज्ञान र सूचना प्रविधिबारे शिक्षा दिइरहेका छन् । इन्टरनेटका लागि अन्य विद्यालयमा कम्प्युटर तथा प्रिन्टर, फोटोकपी र फ्याक्स मेसिन, इ–मेडिसिनका लागि सात वटै स्वास्थ्य केन्द्रमा ल्यापटप व्यवस्था गरिएको छ । उमा सह–शिक्षालय उमाविका प्रधानाध्यापक शालिकराम श्रेष्ठ भन्छन् – “शिक्षकहरु कम्प्युटर ल्याबमा बसी पाठ्यक्रमबारे थप जानकारी लिनुहुन्छ । साथसाथै विद्यार्थीलाई कम्प्युटर शिक्षा पनि दिइँदै आइएको छ ।” यहाँका बासिन्दाले इ–बुलेटिनमार्फत विश्वको सूचना सजिलै पाउनाका साथै स्वास्थ्य र कृषि उत्पादन तथा बजारबारे समेत जानकारी लिनसक्ने गरी सम्पूर्ण विद्यालय तथा सात स्थानमा टेलिसेन्टर स्थापना गर्ने योजना बनाइएको केन्द्रका अध्यक्ष सापकोटा बताए । हाल केन्द्र र उपकेन्द्रबाहेकका विद्यालयले भने लेखा तथा प्रशासनिक काम कम्प्युटरबाट गरिरहेका छन् । तेह्र वटा माविमा विज्ञान प्रयोगशाला व्यवस्थित गरिएको छ । अहिले यी क्षेत्रका सबै विद्यालयमा डिजिटल यन्त्रबाट शिक्षकहरु हाजिर गर्छन् । रासस

जनता बैंकले लमजुङको बाल विकास आधारभुत विद्यालयलाई दियाे प्रोजेक्टर

काठमाडौं। जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका वडा नं। १, रामचोकबेशीमा रहेको बाल विकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे। संविधानसभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्व पूर्ण रहने बिचार व्यक्त गरे। जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको छ । बैंकले हाल देश भरीबाट १२३ शाखा, ४० शाखा रहित बैंकिङ, ७१ एटिएम, २ सिमित्त बैंकिङ्ग एकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

एमबीबीएस र बीडीएसको सिट सङ्ख्या तोकियो

काठमाडौं। नेपाल मेडिकल काउन्सिलले विभिन्न मेडिकल कलेजका लागि एमबीबीएस र बीडीएस तर्फको सिट संख्या निर्धारण गरेको छ । काउन्सिलले काठमाडौंँ विश्वविद्यालय अन्तर्गत १० मेडिकल कलेजका लागि ८९० सिट संख्या निर्धारण गरेको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सात वटा मेडिकल कलेजका लागि ७६१ सिट तोकेको छ । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले दिएको जानकारी अनुसार विराट मेडिकल कलेजले एमबीबीएस तर्फ ७५ सिट पाएको छ । गतवर्ष पनि विराटले ७५ संख्या पाएको थियो । यस्तै कलेज अफ मेडिकल साइन्सेज भरतपुरले यसवर्ष एमबीबीएस तर्फ एकसय सिट पाएको छ । गत वर्ष पनि उक्त मेडिकल कलेजले एकसय सिट नै पाएको थियो । बीडीएसतर्फ यो वर्ष ३५ सिट मात्र पाएको छ । गत वर्ष बीडीएसतर्फ ४० सिट पाएको थियो । काउन्सिलका अनुसार देवदह मेडिकल कलेज रुपन्देहीले एमबीबीएसमा ४० सिट प्राप्त गरेको छ । कान्तिपुर डेन्टल कलेज काठमाडौले बीडीएसतर्फ ५० सिट पाएको छ । यो कलेजले गतवर्ष पनि ५० सिट पाएको थियो । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसमा केएमसीले ५० सिट प्राप्त गरेको छ । काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलले यो वर्ष एमबीबीएसका लागि ७५ सिट पाएको छ । बीडीएसतर्फ भने ५० सिट मात्र पाएको छ । त्यसैगरी, लुम्बिनी मेडिकल कलेजले पाल्पाले एकसय सिट पाएको छ भने मणिपाल मेडिकल कलेज पोखराले पनि ७५ सिट पाएको छ । जोरपाटीस्थिति नेपाल मेडिकल कलेजले एकसय सिट पाएको छ । बीडीएसतर्फ एनएमसीले ५० सिट पाएको छ । नेपालगञ्ज मेडिकल कलेजले एकसय सिट एमबीबीएसतर्फ पाएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले ९० सिट पाएको छ । गतवर्ष भन्दा यो वर्ष नोबेलको १० सिट कम भएको छ । बीडीएसतर्फ नोबेलले ३० सिट पाएको छ । गत वर्ष बीडीएसमा ३५ सिट पाएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले ७५, नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, नेपाली सेना मेडिकल कलेज र चितवन मेडिकल कलेज प्रत्येकले एक÷एकसय सिट पाएका छन् । यस्तै, किस्ट मेडिकल कलेजले ९०, गण्डकी मेडिकल कलेजले ९५ सिट पाएका छन् । यो वर्ष पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६५ सिट पाएको छ भने धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एकसय सिट पाएको छ । काउन्सिलका प्रवक्ता डा. अधिकारीले काउन्सिल तथा विश्वविद्यालयले गरेको अनुगमनबाट सिट संख्या निर्धारण गरिएको जानकारी दिए। श्रोत- मेरो स्टडी