१२ कक्षा पास गर्नेलाई १ लाख रुपैंया उपलब्ध गराउने सरकारको तयारी

काठमाडौं । विद्यालय भर्ना भई माध्यामिक तहको कक्षा पूरा गर्ने व्यक्तिलाई कम्तीमा १ लाख रुपैंया दिनेगरी प्रदेश नं २ सरकारले शिक्षा बीमा गराउने प्रयास सुरु गरेको छ । सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएका बालिकाले माध्यामिक तह पूरा गरी २० बर्ष पूरा गरेमा उसलाई कम्तीमा एकलाख रुपैंया दिनेगरी व्यवस्था गर्नेगरी शिक्षाबीमा गराउन प्रदेश २ सरकारले १५ दिनको समयसीमा दिएर बैंक तथा बीमा कम्पनीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो । इच्छुक बैंक तथा बीमा कम्पनीहरुले उक्त समयभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रस्ताव पेश गर्नसक्ने प्रदेश नं २ सरकारले जनाएको छ ।

नेपाल चेम्बर र बिजनेश स्कूलबीच साझेदारी, १ करोडको छात्रबृत्ति प्रदान गरिंदै

काठमाडौं । प्रिसीडेन्सियल बिजनेस स्कूल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्ससंगको साझेदारी भएको छ । चेम्बर भवनमा सम्पन्न त्रिपक्षय समझदारीमा  नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बर अन्तर्गतको शिक्षा तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर, प्रिसीडेन्सियल बिजनेस स्कूलको तर्फबाट कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसी र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष ई. पंकज जलानले उक्त पत्रमा हस्ताक्षर गरेका छन्र । जनशक्तिको उत्पादन नै शैक्षिक संस्थाहरुको प्रमुख दायित्व भएकोले यस तर्फ अझैं प्रभावकारी रुपमा अघि बढ्न संस्थाहरुलाई अपील गरेको छ । सो समझदारी पत्रको कार्यान्वयनले व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थाबिचको आपसी सहकार्यलाई बढावा दिने र यसबाट सैदान्तिक र ब्यबहारिक ज्ञानको आदान–प्रदान गर्न सजिलो हुने बिश्वास गरिएको छ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको समझदारीमा नेपाल चेम्बर अफ कमर्सको नाममा पूर्ण तथा आंशिक गरि देशैभर ४९ जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई करिब १ करोड बराबरको छात्रवृति प्रदान गर्ने कुरा उल्लेख छ । प्रिसीडेन्सियल बिजनेस स्कूलसंगको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा देशैभर व्यवसाय प्रबर्दनलाई बढावा दिन बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने कुरा समेटिएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा शिक्षा तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधरले समझदारी पत्रले नेपालमा शैक्षिक संस्था र उद्योगी–व्यवसायी बीच सहकार्यको सुरुवात भएको बताए । फाउन्डेसनका अध्यक्ष ई. पंकज जलान तथा प्रिसीडेन्सियल बिजनेस स्कूलका कार्यकारी निर्देशक लक्ष्मण केसीले नेपालमै बिदेशी बिश्वबिद्यालयको भन्दा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको कुरा समेत उल्लेख गरेका छन् ।

कक्षा ११ को उत्तरपुस्तिका पुनःपरीक्षण सम्बन्धी परीक्षा बोर्डको सूचना

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकले उत्तरपुस्तिका पुनःपरीक्षण सम्बन्धी सूचना प्रकाशित गरेको छ । २०७५ को ब्यवस्था बमोजिम कक्षा ११ को वार्षिक परिक्षाको नतिजामा चित्त नबुझी पुनःपरीक्षणको लागि निवेदन दिएका विधार्थीहरुले पुनःपरीक्षणको २०७५/८/१२ गते प्रकाशित नतिजा प्रकाशन नतिजा चित्त नबुझाएको कुरालाई ध्यानमा राख्दै परिक्षा बोर्डले फेरी अर्को सुचना जारी गरेको हो। सुचना अनुसार पुनःपरीक्षणको चित्ता नबुझेका विधार्थीहरुले तोकिएको सर्त पूरा गरी प्रति विषय दुई हजार रुपैयाँ शुल्क सहित उत्तरपुस्तिका पुनःपरिक्षणका लागि बोर्डका सम्बन्धीत प्रदेश परीक्षा व्यवस्थापन कार्यालय वा शाखा कार्यालयहरुमा निवेदन दिनपर्नेछ। विधार्थीले सुचना प्रकाशन भएको १५ दिन भित्रमा निवेदन दिईसक्नु पर्नेछ।