अष्ट्रेलिया जाने प्रकृयामा रहेकालाई सहयोग गर्न ‘हेल्प डेस्क’ संचालनमा
काठमाडौं। नेप्लिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिपि्रजेन्टेटिभ्स (नाइर) ले अष्ट्रेलियामा बसोबास गर्ने र जाने प्रकृयामा रहेका नेपाली विद्यार्थीहरूको सहायतको लागि हेल्प डेस्कको स्थापना गरेको छ । हेल्प डेस्कले अष्ट्रेलियाली शैक्षिक संस्थाका सम्भाव्य नेपाली विद्यार्थीबीच देशको शिक्षा प्रणाली तथा बसोबासबारे सूचना प्रदान गरी सहयोग गर्ने संस्थाले जनाएको छ । उक्त हेल्प डेस्कले शैक्षिक संस्थाद्वारा ठगिएको विद्यार्थीलाई सहायता दिनुको साथै हाल अष्ट्रेलियामा बसोबास गरिसकेका नेपाली विद्यार्थीलाई अध्ययन तथा जीवनयापनका सम्बन्धमा देखिएका विविध समस्या हल गर्न सहयोग गर्ने जनाएको छ। हेल्प डेस्कले नेपाली विद्यार्थीलाई शिक्षा मन्त्रालय तथा अष्ट्रेलियाली सरकारी निकायबीच समन्वय स्थापित गराई आप्रवास प्रक्रिया सहज बनाउने संस्थाले दाबी गरेको छ। सहयोग आवश्यक पर्ने विद्यार्थीले सहायता कक्षको इमेल [email protected] मा सम्पर्क गरी सहयोग प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंक र युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालबीच सहकार्य
काठमाडौं । ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल, भैरहवावीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत अजयकुमार पि. एस. र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डांगीले हस्ताक्षर गरेका हुन् । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्धेश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो । उक्त सम्झौता पश्चात युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन् । हालदेश भरि १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्पmत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई सहयोग
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देहीको विद्यालयलाई सहयोग गरेको छ । श्री पञ्चमीको उपलक्ष्यमा रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आर्दश मा वि, मझगावां, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको हो । सो व्याज बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।