नेपालमा पहिलोपटक राष्ट्रियस्तरको कुकिङ प्रतियोगिता हुँदै, विजेतालाई एक लाख रूपैयाँ

काठमाडौं। नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको खाना पकाउने प्रतियोगिता हुने भएको छ। सिटिभिटी, राष्ट्रिय परिक्षण समिती, एसडिसीले संयुक्त रुपमा स्विस सरकारको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो। प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २-२ जना सहभागीहरु प्रथम छनोटमा पर्नेछन् भने उनिहरुबिच अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुनेछ। प्रतियोगिताको विजेतालाई ‘सेफ अफ द यियर’ घोषणा गरिनुको साथै १ लाख पुरस्कार प्रदान गरिने गेट कलेजका प्रमुख कार्यकारी अधिक्रित खीम लकाईले बताए। यस्तै दोश्रो र तेस्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई पनि पुरस्कार प्रदान गरिने उनले जानकारी दिए। काठमाडौं स्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसनले प्रतियोगिताको ईभेन्ट पार्टनर रुपमा रहनेछ। औपचारिक तालिम लिएका वा अनुपचारिक रुपमा आँफै सिप सिकेको एवं साना तथा माझौला होटल तथा रेस्टुरेन्टमा काम गरिरहेका कुकुहरुको प्रतिभा पहिचान र प्रस्फुटन गराउने मुल उदेश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिता हुनलागेको लकाईले बताए। प्रतियोगितामा सहभागि हुन चाहनेले गेट कलेज प्रदेश नं १ को ईटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगंजमा रहेको गेट कलेजको साझेदारी संस्थाहरु एवं अन्य प्रदेशमा सिटिभिटिको प्रादेशिक कार्यलयहरुमा फर्म बुझाउन सक्नेछन्।

अस्पताल र विद्यालयलाई जनता बैंकको सहयोग

काठमाडौँ । जनता बैंकले भरतपुर आँखा अस्पताल, चितवनलाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । यसैगरी वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न पुस्तकहरु उपलब्ध गराएको बैंकले जनाएको छ ।

कैलाश विकास बैंकद्धारा सिरहाका उकृष्ठ विद्यार्थीलाई साईकल वितरण

काठमाडौं । कैलाश विकास बैंक सिरहाको बेलाहा शाखाको बार्षिक उत्सवको उपलक्ष्यमा विद्यालयलाई साईकल वितरण गरेको छ । बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १२, बेलहा स्थित बिष्णु चरण श्रेष्ठ मा.बि.का उकृष्ठ विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । साथै, बैंकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलालि शाखाले शनिबार घरदैलो कर्यक्रम गरि स्थानीय जनतालाई वित्तीय साक्षरता सम्बन्धि जानकारी दिएको बताएको छ । आगामी दिनहरुमा पनि बैंकले यस किसिमका सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । हालसम्म बैंकले ९६ बटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।