बाराको विद्यालयलाई हुलास स्टीलद्वारा सहयोग

काठमाडौँ । चैत्र महिनामा गएको विनाशकारी हावाहुरीले नेपालको क्षति पुर्याएको बारा जिल्लामा हुलास स्टील इण्डष्ट्रिजले सहयोग गरेको छ । बाराको चैनपुर स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भवनको ५ कोठाका जस्तापाता नष्ट गरेकाले विद्यालयको पठन पाठनमा निकै कठिनाई उत्पन्न भएको थियो । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले सो विद्यालयको लागि आवश्यक जस्तापाताका साथै त्यसमा लाग्ने सामग्रीहरु प्रदान गरेको जनाएको छ ।

गोदावरी नगरका मेयर महर्जनको सामाजिक काम, १ वर्षको पारिश्रमिक विद्यालयलाई !

काठमाडौँ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले एक वर्षको पारिश्रामिक ठेचोस्थित सरस्वती उच्च माध्यामिक विद्यालयलाई दिने भएका छन् । विद्यालयले आयोजना गरेको स्वर्ण महोत्सव कार्यक्रममा उनले गरीब र असहाय विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले रकम सहयोग गर्ने घोषणा गरेको बताए । मेयर महर्जनले आफूले माध्यामिक तहसम्म पढेको विद्यालय भएकाले त्यससँग भावनात्मक सम्बन्धसमेत रहेको बताए । भने, “विद्यालयमा आउने विद्यार्थी ज्यादै कम भएकाले यो रकम स्थानीय विद्यार्थी बढाउनमा खर्च होस् ।” प्रदेश सरकारको स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी विधेयकमा नगरपालिकाको प्रमुखको मासिक पारिश्रमिक रु ३५ हजार तोकिएको छ । भ्याट कटौती गर्दा एक वर्ष बराबरको पारिश्रमिकबापतको रकम झण्डै रु तीन लाख ५० हजार हुन्छ । रासस

इडिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

काठमाडौं । इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१८)मा भरेको इडिभीको नतिजा मंगलबार राती १२ बजेदेखि हेर्न सकिने छ । सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाइने कन्फर्मेशन नम्बर चाहिने छ । इडिभी परेको र नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov  काे प्रयाेग गरेर हेर्न सकिन्छ । हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् ।