शैक्षिक रुपान्तरणका लागि टिच फर नेपालको आहवान, आवेदनको म्याद २४ मंसिरसम्म

काठमाडौं।शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गर्दै सुरु भएको ‘टिच फर नेपाल’ अभियानले आगामि सत्रको लागि नेपाली युवाहरूलाई आवेदन भर्न आह्वान गरेको छ। आवेदनको म्याद २४ मंसिरसम्म रहेको छ। टिच फर नेपालले सामाजिक रुपान्तरणको लागि डट्ने ल्याकत भएका अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ। यस अभियान अन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका विभिन्न सार्वजनिक विद्यालयहरूमा काम गर्नुपर्ने हुन्छ। “टिच फर नेपाल अभियान प्रज्ञार्थीहरूको लागि आफ्नो र विद्यार्थीहरूको नेतृत्व विकासको यात्रा हो”, टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले बताए। उनले २ वर्षको अनुभवबाट प्रज्ञार्थीहरूले सीमित स्रोत र साधन प्रयोग गरेर प्रगति उन्मुख सोच भएका युवाजमातसँग सहकार्य गर्ने सुनौलो अवसर भएको बताए। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट बी.ई. गरेका टिच फर नेपालका पुर्व प्रज्ञार्थी होम बहादुर थापाले टिच फर नेपालको अनुभवले समाजलाई नजिकबाट हेर्न पाएको बताए। उनले भने, “४२ दिनको आवासीय तालिममा हामीले विभिन्न समाजिक र शैक्षिक जानकारी पायौँ। धेरै कुरालाई विभिन्न कोणबाट हेर्न सिक्यौँ।” तालिमको अन्त्यसम्म एक अर्काप्रतिको बुझाइ, प्रेम र सम्मान बढेको उनले बताए।

कक्षा ११ को ग्रेडबृद्दी परीक्षा पौष १४ गते देखी सुरु हुने (समयतालिका सहित)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको समयतालिका प्रकाशित गरेको छ । तालिका अनुसार ग्रेडबृद्दी परीक्षा यहि पौष १४ गते देखि सुरु हुने भएको छ । कुनै बिषयमा सी, डी प्लस, डी वा इ ग्रेड ल्याउनेले बिद्यार्थी पनि कुनै दुई बिषयको ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउने छन्। यसअघि सी ग्रेड ल्याउने परीक्षार्थीहरुले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था थिएन । तर सम्बन्धित विषयमा साे ग्रेडमात्र प्राप्त गर्नेले अर्काे तहमा पढ्न नपाउने भएपछि बाेर्डले साे बाटाे खुला गरेकाे हाे । समयतालिका तल हेर्नुहोस् !  

एसइई परीक्षा चैत्र १० गते देखि सुरु हुने (समयतालिका सहित)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो । गत वर्ष नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा एसइईमा सहभागी भएका थिए । प्रश्नपत्र तयारी र नतिजा प्रकाशन केन्द्रबाट हुने पौडेलले बताए । समयतालिका तल हेर्नुहोस् !