सेञ्चुरी बैंकद्वारा भक्तपुरकाे बाल विनायक विद्यालयलाई कम्प्युटर हस्तान्तरण
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सूर्यविनायक न.पा – २ स्थित बाल विनायक आधारभूत विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको छ । कम्प्युटर बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुवास शर्मा र विद्यालय व्यवस्थापन समितीका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुवास कार्की तथा अन्य पदआधिकारीहरुको उपस्थिती रहेको थियो । साथै बैंकका प्रमुख बजार अधिकृत खड्काले श्री बाल चेतन आधारभूत विद्यालय, सूर्यविनायक न.पा – ४ को प्रधानाध्यापक रामशरण खड्कालाई ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन् । काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२७ स्थानबाट कारोबार सञ्चालनमा रहेका छन् ।
प्लस टु र स्नातक तहमा छात्रवृत्ति दिदै भारतीय राजदुतावास, तपाईं पनि पर्नुहुन्छ कि ?
काठमाडौं । भारतीय राजदूतावास काठमाडौंले नेपालमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरुबाट महात्मा गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि अनलाइन आवेदन आव्हान गरेको छ । आवेदकको पारिवारिक वार्षिक आय २ लाख भन्दा कम हुनुपर्नेछ। आवेदक नेपाल सरकारबाट मान्यता प्राप्त कुनैपनि कलेजमा पढिरहेको हुनु पर्नेछ। महात्मा गान्धी छात्रवृत्तिको लागि विद्यार्थीले कम्तिमा पनि कक्षा १० मा ६० प्रतिशत कूल अंक प्राप्त गरेको र कक्षा ११ मा अध्ययन गरिरहेको हुनुपर्ने छ। स्वर्ण जयन्ती छात्रवृत्ति योजनाका लागि आवेदकले कम्तिमा पनि प्लस २ मा ७० प्रतिसत कूल अंक र नेपालको कुनैपनि मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको प्रथम बर्ष वा प्रथम सेमेस्टरमा भर्ना भएको नियमित विद्यार्थी हुनुपर्नेछ। आवेदकले पढिरहेको संस्थाको प्रधानध्यापकद्वारा प्रमाणित प्रमाणपत्र पेस गर्नु पर्नेछ। अनलाईन आवेदन www.goischolarship.com.np मा पठाउनुपर्नेछ। आवेदनको अन्तिम म्याद पौष २९ सम्म रहेको छ।
खेलकुद सम्बन्धी थेसिस लेख्ने विद्यार्थीलाई खेलकुद मन्त्रालयले सहयोग गर्ने
काठमाडौं। स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा युवा तथा खेलकुद मन्त्रालयले सहयोग गर्ने भएको छ। मन्त्रालयको चालु आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम अन्तरगत स्नातकोत्तर तहमा शारीरिक शिक्षा वा खेल विज्ञान विषयमा अध्ययनरत्त विद्याथीहरुलाई प्रोत्साहन गर्ने प्रयोजका साथ स्नातकोत्तर तहमा अध्ययनरत्त विद्यार्थीलाई खेलकुद सम्बन्धी थेसिस लेखनमा विद्यार्थी प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७५ अनुसार प्रोत्साहन तथा सहयोग गर्ने भएको हो । त्यसका लागि इच्छुक विद्यार्थीले पुष २६ गते भित्रमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुद प्रवद्र्धन शाखामा आवेदन पेश गर्न सक्ने मन्त्रालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरेको छ।