आगामी शैक्षिकसत्रदेखि काठमाडौंका संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामा
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि उक्त कुरालाई अनिवार्य रुपमा लागु गर्ने जानकारी दिएको छ । अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो भन्नेमा अभिभावकमा अन्योल रहेको भन्दै यस विषयमा अभिभावकलाई सहज गराउन यस्तो व्यवस्था ल्याएको महानगरका शिक्षा अधिकारी कोइरालाले बताएका छन् । शिक्षा अधिकारी कोइरालाले विद्यालयले अङ्ग्रेजीमा पनि लेख्न वा नलेख्नका लागि भने स्वतन्त्र छाडिने जानकारी दिँदै सरकारले अङ्ग्रेजी नाम भएका कलेजका नाम नेपाली भाषा, मौलिक संस्कृति झल्कने खालको नाम राख्न निर्देशन दिए पनि कलेजले उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन नगरेको बताएका छन् । महानगरभित्र ६४० वटा संस्थागत विद्यालयमा शिक्षा समितिबाट निर्णय गरेपछि सोहीअनुसार नेपाली भाषालाई प्रभावकारी कार्यान्वयन गराउनका लागि निजी तथा तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (एनप्याब्सन)लाई निर्देशन दिइने जानकारी गराएका छन् । शिक्षकलाई उनीहरुको खातामा तलब खुवाउनका लागि अन्तिम तयारीमा रहेको बताउँदै अब माघ महीनासम्मको तलब उनीहरुको आफ्नै खातामा हाल्ने व्यवस्था गर्ने भएको छ । महानगरले यसअघि विद्यालयमा तलब पठाउने गरेको र त्यहीबाट शिक्षकले तलब खाने गर्दैआएका थिए । महानगरमा ९१ सामुदायिक विद्यालयमा एक हजार ८३० शिक्षकहरु रहेका छन् । विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकलाई कुनै वैदेशिक भ्रमण, तालीम, सभा, अवलोकन भ्रमण, खेलकूद, मैत्रीपूर्ण भ्रमण वा स्वदेशमा नै शैक्षिक भ्रमण वा यस्तै कुनै कार्यमा लैजादा शिक्षा विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था गर्नसमेत थालिएको शिक्षा अधिकारी कोइरालाले बताएका छन् । महानगरभित्रका विद्यालयले विद्यार्थीलाई बस्ने ठाउँ उपलव्ध नगराई भाडामा कोठा दिने गरेकाले कार्यविधि अपनाएर मात्र भाडा दिने व्यवस्था गर्न र कोठा भाडामा लगाएर टेन्टमा विद्यार्थी पढाउने गरेको पाइएमा प्रधानाध्यापकलाई कारवाहीसमेत गरिने जानकारी दिएका छन् । रासस
अल्फा बिटा इन्स्टिच्युटकाे बाह्रौं सेन्टर लाजिम्पाटमा, ५० प्रतिशत छुटको व्यवस्था
काठमाडौं । २८ औं वर्षमा प्रवेशसँगै अल्फा बिटा इन्स्टिच्युटले काठमाडौँको लाजिम्पाटमा बाह्रौं सेन्टरको उद्घाटन गरेको छ । आयोजित उक्त कार्यक्रमबीच नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदुत पिटर बडको कर वाहुलीबाट उद्घाटन गरिएको हो । अल्फा बिटा इन्स्टिच्युट लाजिम्पाट सेन्टरमा ५० प्रतिशत सम्मको आकर्षक छुट प्रदान गरिने पनि जानकारी दिएका छन् । कार्यक्रममा न्यु साउथ वालेस्का लागि नेपालका महा वाणिज्यदुत दिपककुमार खड्का तथा आईडिपी आईएलटीएस्का कविर खड्गी लगायतका वरिष्ठ पाहुनाहरुको उपस्थिति रहेको थियो । उद्घाटन पूर्वको औपचारिक कार्यक्रम अल्फा बिटा बाह्रौं सेन्टर नजिकै रहेको होटेल अम्बासडरमा भएको हो । कार्यक्रममा बोल्दै महामहिम राजदुत पिटर बडले नेपाल र अष्ट्रेलिया बीचको मित्रता आउने दिनमा अझै प्रगाढ हुने आशा व्यक्त गर्दै नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया प्रमुख रोजाई भएकोमा बताएका छन् । कार्यक्रममा अल्फा बिटा इन्स्टिच्युटका कार्यकारी अध्यक्ष्य द्विराज शर्माले अल्फा बिटा इन्स्टिच्युट ले प्रदान गर्दै आएको गुणस्तरीय सेवालाई अझ विस्तार गरिदै लैजाने र थप सुविधा मुखी बनाइने बताएका छन् । विशिष्ट अतिथिहरुको समुपस्थितिमा भएको उक्त अल्फा बिटा लाजिम्पाट सेन्टरमा इन्टरनेशनल एजुकेशन फेयरको पनि आयोजना गरिएको छ । उक्त फेयरमा अष्ट्रेलिया लगायत अन्य देशका विभिन्न विश्व विद्यालयका प्रतिनिधिहरुले आफ्नो शैक्षिक कार्यक्रमका बारेमा विद्यार्थीहरुलाई परामर्श दिएका थिए ।
आरएमडीसीद्धारा मोरङ्गमा तीन दिने शाखा व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । आरएमडीसी शाखा कार्यालय, इटहरीको आयोजनामा मोरङ्गमा ३ दिने शाखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पुस १८ गतदेखि शुरु भएको तालिम शुक्रबार मोरङ्गको गोकर्ण रिसोर्ट सुन्दरहरैचामा सम्पन्न भएको छ । उक्त तालिममा आरएमडीसीका साझेदार २८ वटा साझेदार संस्थाहरुको ३६ जना शाखा प्रबन्धकहरुले भाग लिएका थिए। तालिमको उद्घाटन तालिमका संयोजक गोविन्दप्रसाद पौडेलले तालिमको उद्देश्य तथा महत्वबारे प्रष्ट पारेका थिए । साथै, यस तालिमले ज्ञान अभिवृद्धी गरी शाखाप्रभावकारी ब्यवस्थापन गर्न महत्वपुर्ण भुमिका खेल्न सक्ने उनले बताए । उक्त तालिममा जीबन विकाश समाजका डेपुटी चिफ एक्स्क्युटिभ अफिसर संजयकुमार मण्डल, इन्टरनल अडिट डिपार्टमेन्ट हेड रोहित भण्डारी र ट्रेनिङ डिर्पाटमेन्ट हेड सुदिपकुमार मण्डलले प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । प्रशिक्षकहरुले शाखा व्यवस्थापनको अवधारणा, व्यवस्थापकको काम कर्तब्य, भुमिका तथा दायित्वबारे चर्चा गर्दै लघुवित्तको सिद्धान्त, महत्व, भाखा नाघेको ऋण, असुलीका विभिन्न उपाय तथा हालको अवस्था बारेमा प्रष्ट पार्नुको साथै लघुवित्त संस्थालाई आत्मानिर्भरता र दिगोपना बनाई राख्न अवश्यक पर्ने विभिन्न सुचकहरुको बारेमा छलफल गरिएको थियो । साथै तालिममा लघुवित्त संचालनमा हाल देखिएका समस्या, समाधानका उपाय, सदस्यहरुको अनुगमनतथा सुपरिबेक्षण, ग्राहक सदस्यको ब्यवस्थापन, सुरक्षण तथा विकास लगायतकर्जा ब्यवस्थापन, विश्लेषण र सदुपयोगिता बारे विश्लेषणत्मक अन्तर्क्रिया भएको थियो ।