इन्जिनियरिंगका तीन विद्यार्थीले विकास गरे चिचिला एप्स, साना विद्यार्थीका लागि बहुउपयोगी

काठमाडौं । भक्तपुरका विद्यार्थीले बुधबार ‘चिचिला’ मोवाइल एप्लिकेशन (एप्स) को लन्च (शुभारम्भ) गरेका छन् । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायणका विद्यार्थीले बालबालिकाहरुको प्रयोगका लागि उपयोगी चिचिला मोवाइल एप्लिकेशनको शुरुवात गरेका छन् । रोवोर्ट हस्तान्तरण तथा मोवाइल एप्लिकेशन कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा श्रेष्ठले एप्लिकेशन लन्च गरेका हुन् । कलेजमा कम्प्युटर विभाग अन्तर्गत स्नातक तहमा कम्प्युटर इन्जिनियरिंग अध्ययनरत तीन जना विद्यार्थीले एप्लिकेशनको विकास गरेका हुन् । व्याचुलर इन कम्प्युटर इन्जिनियरिंगमा अध्ययनरत केशव घिमिरे, पोषण शर्मा र दुर्गाबहादुर कुँंवरले एप्लिकेशन तयार पारेका हुन् । उक्त कार्यक्रममा एप्लिकेशन तयार गर्ने विद्यार्थीले यो एप्लिकेशन ससाना विद्यार्थीका लागि बहुउपयोगी हुने जानकारी दिएका थिए । बालबालिकाहरुलाई उनीहरुकै उमेरमा ज्ञान दिन सकिए पछि त्यो समाजकै लागि उपयोगी हुने विश्वास उनीहरुको छ । एप्लिकेशनले बालबालिकाहरुलाई नेपाली सिक्न पनि सहयोग पुराउने भएको छ । स्टोरबाट डाउनलोड गरी मोवाइलबाट बालबालिकाहरुले यो एप्लिकेशन चलाउन सकिने जनाइएको छ । बालबालिकाका लागि दिएको शिक्षा भोलिको देशकै लागि सम्पती हुने चर्चा गर्दै जापानमा सुनामी आउँंदा एक जना साना बालकले चारपाँंच सय मानिसलाई जोगाएको स्मरण गर्दै उनले बालबालिकाको शिक्षामा जोड दिए ।

ग्लोबल आइएमई नेपाल शैक्षिक परामर्श संघको आधिकारिक बैंक

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) को १३ औँ बार्षिक साधारण सभामा ग्लोबल आइएमई बैंक लिमिटेडलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन् । नेपाल शैक्षिक परामर्श संघ (ईसीएएन्) नेपालको सबैभन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सिहरुको सिफारिसमा विदेशमा उच्चशिक्षा अध्ययनका लागि विद्मार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिन भित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ । ग्लोबल आइएमई बैंकको हालसम्म १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुबीच सेवा प्रदान गर्दै आइरहेको छ ।

ललितपुरको क्याथफोर्ड कलेजमा क्याथफेष्ट २०१९ शुरु, १३ वटा कलेजको सहभागिता

काठमाडौं । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट २०१९ सुरु भएको छ । “नेपालका समस्याहरूको समाधान” नारा दिइएका उक्त मेलामा नेपाली समाजले दखिएको समस्यालाई प्रविधि मार्फत सम्बोधन गर्न खोजिएको कलेजका प्राचार्य डा. मधु सुदन कायस्थले बताएका छन् । विद्यार्थीहरूद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको छ । प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरू समावेश छन् । उक्त प्रदर्शनीमा काठमाडौँ उपत्यकाका विविध स्थानहरूबाट विद्यार्थी, उद्योगी/व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू तथा अन्य दर्शकहरूले अवलोकन गरिरहेका छन् ।