साउन ८ गते अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर, शैक्षिक कर्जा र हवाइ टिकेटमा बिशेष छुट
काठमाडौं। अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर साउन ८ गते हुने भएको छ । अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यस बर्षको मेला अल्फा बिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा फेयर हुन लागेको हो। फेयर बिहान ८ बजेदेखि सुरु हुनेछ। एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फा बिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ । मेलामा प्रमुख अथितिको रुपमा नेपालका लागि अष्ट्रेलियाका राजदूत रहेका छन्। मेलामा सहभागी विद्यार्थीहरुलाई अल्फाविटाले थुप्रै सुविधा र उपहार दिने योजनासमेत बनाएको छ । मेलाको प्लाटिनम स्पोन्सरको रुपमा रहेको सिल्क एयरले मेलामा आएकामध्ये एक जना विद्यार्थीलाई मेल्बोर्नसम्मको हवाई टिकट निःशुल्क र दुई जनालाई विशेष छुटमा टिकट उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । त्यस्तै, डायमण्ड स्पोन्सरको रुपमा रहेको एनएमबि बैंकले मेलामा आफ्नो स्टल नै राखेर अष्ट्रेलिया जाने तयारीमा रहेका विद्यार्थीलाई सहज र छिटो प्रक्रियाबाट शैक्षिक कर्जा के कसरी दिने रु भन्ने बारेमा एनएमबि बैंकका प्रतिनिधिहरुले जानकारी दिने शर्माको भनाई छ । उनले भने, ‘बैंकको प्रक्रियाका बारेमा जानकारी नहुँदा धेरै विद्यार्थी र अभिभावकले दुःख पाउने गरेको देखिन्छ । त्यो नहोस भन्नका लागि एनएमबिले स्टल नै राखेर विद्यार्थीहरुलाई सहज प्रक्रियाका लागि जानकारी दिने, निवेदन लिने जस्ता कुराहरु गर्नेछ ।’ अध्ययनका लागि अष्ट्रेलिया जाने इच्छा भएका विद्यार्थीहरुको लागि पहिलो शर्त भनेको आईईएलटीएस, पीटीई जस्ता भाषा परीक्षा हो । शर्मा भन्छन्, ‘अष्ट्रेलिया जाने मात्रै भनेर भएन्, आईईएलटीएस, पीटीई कसरी पास गर्ने रु के के गर्नुपर्छ त्यसका लागि रु यस्ता कुराहरु बुझ्नु जरुरी छ । त्यो सबै कुरा बुझ्ने उपयुक्त फोरम पनि हो अल्फा बिटा अष्ट्रेलियन एजुकेशन फेयर ।’ अल्फाबिटा फेयरमा आईईएलटीएस, पीटीई दुवैका स्टल बस्दैछन् । दुवैबाट प्रतिनिधिहरु आएर विद्यार्थीलाई परामर्श दिनेछन् । पियर्शनको इण्डियाबाट प्रतिनिधि आउने कार्यक्रम छ भने आइडीपी तथा पियर्सन दुईले गिफ्ट भौचरहरु दिईनेछ। भौचर प्राप्त गर्नेले १९ हजार रुपियाँ नतिरीकन आईईएलटीएस तथा पीटीई परीक्षा दिन पाउनेछन् । मेलामा बैंकदेखि युनिभर्सिटीसँगको कुराबाहेक हवाई भाडादर बुझन सकिन्छ । मेलामा आउने विद्यार्थीलाई आकर्षणको रुपमा गिफ्ट भौचरहरु पनि प्राप्ति हुनेछ । त्यसबाहेक अष्ट्रेलिया विद्यार्थी गईसकेपछि काम के गर्ने रु भन्ने अन्योलता हटाउन अधिकांश नेपाली विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको कफि मेकिङ सम्वन्धी क्लासका लागि हिमालयन जाभालाई पनि मेलामा सहभागी गराइने छ । कफि मेकिङ सजिलो पनि काम भएकाले यसमा नेपाली विद्यार्थीको आकर्षण बढि देखिएको भन्दै शर्माले तीन हजार रुपियाँ लाग्ने १५ दिनको उक्त कोर्षका लागि हिमालयन जाभाले एक जना भाग्यशाली विजेता निःशुल्क तालिम पनि दिने जानकारी दिए
नामी र इन्फोडेभ्लपर्सबीच विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग गर्ने सम्झौता
काठमाडौ। जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालीबीच सुचना प्रविधीको क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । नामीमा अध्ययनरत विद्यार्थीको अभ्यासमुलक कार्यमा सहयोग पु¥याउन उद्देश्यले उक्त सम्झौता गरिएको हो । बुधबार नामी कलेजमा आयोजित कार्यक्रममा दुवै संस्थाका प्रतिनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार इन्फोडेभलपर्स प्रालीको सहयोगमा नामी कलेजलाई उत्कृष्ट अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र इन्फोडेभलपर्सका प्रतिनधीले नामीका विद्यार्थीाई सूचना प्रविधिसंग सम्बन्धित विषयमा तालिम तथा आवश्यकता अनुसार निरीक्षण सेवा पनि प्रदान गर्नेछन् । सम्झौतासंगै नामीका विद्यार्थीले सूचना प्रविधीको क्षेत्रमा विश्वबजारमा भइरहेका नया नया अविष्कारसंग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने छन् । साथै नामीलाइ सूचना प्रविधीको उत्कृट केन्द्रको रुपमा विकास गर्न सकिने दुवै संस्थाका प्रतिनीधीले विश्वास लिएका छन् । शैक्षिक ज्ञान दिइरहेको प्राज्ञिक संस्था र व्यावसायिक तालिम तथा अन्य सेवा दिइरहेको दुइ सस्थाबीच सम्झौता भएको यो पहिलो कार्यक्रम रहेको नामी कलेजका बजार व्यवस्थापन तथा प्रशासन विभागका वरिष्ट व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए । उनका अनुसार विश्वबजारमा सूचना प्रविधीको विषयमा भइरहेको वास्तविक अभयासलाई नामीका विद्यार्थीले प्रयोग गर्न पाउनेछन् । यो सहकार्यसंगै नेपाली सूचना तथा प्रविधी बजार तथा उद्योग कलकारखानाले माग गरेको सूचना प्रविधीसंग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्नेछ । साथै उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले पनि भविष्यमा कुन क्षेत्र रोज्दा आफ्नो रोजगारी सुनिश्चित हुनेछ भन्ने विषयमा अध्ययनकै समयमा जानकारी पाउनेछन् । यो जानकारीले उनीहरुलाई अध्ययन सकिने वित्तिकै रोजगारीमा जान पनि सघाउनेछ । समझौतापछि दुवै संस्थाले उद्यमसिल बन्न चाहने र रचनात्मक क्षमता भएका विद्यार्थीलाई यस अभियानमा सहभागी हुन समेत अनुरोध गरेको छ । नामीले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयसंगको सम्बन्धनमा एमबीए, बीबीए, बीएससी इन कम्प्युटिङ, बीएससी इन अफ्टवयर इन्जिनियरिङ, बीएससी इन कम्प्युटर नेटवर्क इन्जिनियरिङ र बीएससी इन इन्भाइरोन्मेन्टल साइन्स विषयको पढाइ सञ्चालन गरिरहेको छ । इन्फोडेभलपर्स सुचना प्रविधीको क्षेत्रमा क्रियासिल अग्रणी संस्था हो । सूचना प्रविधीसंग सम्बन्धित तालिम तथा जनशक्ति उत्पादनमा यो संस्था १६ वर्षदेखि क्रियासिल छ ।
टिच फर नेपाललाई हिमालयन बैंकको ५ लाख सहयोग
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले उक्त सहयोग टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनाललाई हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रका सामुदायिक/सरकारी विद्यालयहरुमा अध्ययनरत विधार्थीहरुलाई विभिन्न विषयको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयम्सेवक शिक्षक पठाउन उक्त सहयोग गरिएको हो । एक दिन नेपालका सबै विधार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्नेछन् भन्ने मूल मन्त्रका साथ काम गर्दै आएको टिच फर नेपालले ६ जिल्लाका ६७ विद्यालयमा २७० जना स्वयम् सेवक शिक्षक पठाएर ३० हजार भन्दा बढी विधार्थीहरुलाई विज्ञान, गणित र अंग्रेजी विषय अध्यापन गराइरहेको छ ।