नेपाली विद्यार्थीहरुको रोजाईमा शारदा युनिभर्सिटी, ६०० भन्दा बढी अध्ययन गर्दै
काठमाडौँ । शारदा युनिभर्सिटी रिजनल कार्यालय नेपालले अल्फा बिटासँगको सहकार्यमा तेश्रो वार्षिक अभिभावक दिवस तथा पूर्व स्नातक विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यमा गत शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सांसद लालप्रसाद साँवा, कृष्णकुमार श्रेष्ठ, शारदा युनिभर्सिटीका कुलपति पिके गुप्ता र अन्तर्राष्ट्रिय निर्देशक अशोक दरयानीको उपस्थिति रहेको थियो । अभिभावक दिवस र पूर्व स्नातक विद्यार्थी भेट कार्यक्रममा विद्यार्थीहरुका लागि संभावना र युनिभर्सिटीको संस्कार तथा प्रणालीका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न भागबाट २५० भन्दा बढी अभिभावक तथा पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो । शारदा युनिभर्सिटी र नेपाली विद्यार्थीहरु तथा उनीहरुको परिवारका बीचमा सम्बन्ध सुधार गर्नका लािग अभिभावक तथा पूर्व विधार्थीहरुको प्रतिक्रिया प्राप्त भएको र पूर्व विधार्थीहरुलाई उनीहरुले नेपालको विभिन्न क्षेत्रमा पुर्याएको योगदानप्रति कुलपति पिके गुप्ताले प्रशंसा गरेका थिए । कस्तो छ शारदा युनिभर्सिटी ? सन् २००० को द्शकमा भारतको उत्तर राज्यका उत्तरी प्रदेश बिहार, दिल्ली लगायतका क्षेत्रका विद्यार्थीहरु गुणस्तरीय शिक्षाको खोजिमा दक्षिण राज्यहरुमा जान्थे । सन् २००८ मा मात्र हजारौं विद्यार्थीहरु गुणस्तरीय शिक्षाको लागि दक्षिण क्षेत्रमा गएको भारतीय अनुसन्धानहरुको निष्कर्ष छ। नेपालबाट पनि वार्षिक दशौ हजार विद्यार्थीहरु गुणस्तरीय शिक्षाको लागि विदेश जान्छन्, त्यसमा भारत जाने विद्यार्थीको हिस्सा ठुलो छ। भारतीय विद्यार्थीहरुलाई एुउटा प्रदेशबाट अर्को प्रदेशमा जान पनि विदेश जानु सरह नै हो। विकेन्द्रित राज्य व्यवस्था र सांस्कृतिक र भाषिक विविधताको कारण निम्तिएको कठिनाईको बिच आफ्नै भुमीमा सस्तो र गुणस्तरीय शिक्षा दिने उदेश्यले भारतको केन्द्र दिल्लीको उत्तर भाग नोईडामा सन् २०००९ मा शारदा विश्वविद्यालय स्थापना भएको हो। सन् २००५ मा स्थापित शारदा ग्रुपका प्रदिपकुमार गुप्ताको पहलमा स्थापित यस विश्वविद्यालयमा हाल २० हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्दै छन् भने हालसम्म ४५००० जना उत्तीर्ण भईसकेका छन् । स्थापनाको १० बर्ष पुरा गरेको विश्वविद्यालयमा १२०० भन्दा बढी शैक्षिक बिषय रहेको छ। यस विश्वविद्यालय भारतको प्रमुख विश्वविद्यालयमा गनिन्छ। ८ हजार बर्गकिलोमिटर क्षेत्रफल फैलिएको विश्वविद्यालयको सबै रोगको उपचार हुने सुविधा सम्पन आफ्नै अस्पताल र टेक हाउस पनि रहेको छ। २००० बेड सहित शारदा अस्पताललाई अबको २ बर्षमा दिल्लीकै सबैभन्दा ठुलो र सुविधासम्पन्न बनाउने योजना रहेको छ। यस विश्वविद्यालय नेपालीहरुको रोजाइ पनि एकदमै रहेको छ। ८० भन्दा बढी देशका विधार्थीहरु सहितको ग्लोबल युनिभर्सिटी रहेको शारदा युनिभर्सिटीमा करिब ६०० नेपाली विधार्थीहरु अध्ययन गरिरहेका छन् । अन्तरराष्ट्रिय विद्यार्थीमा नेपाली विद्यार्थीको संख्या बढी भएकोले युनिभर्सिटीले नेपालमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ। फराकिलो पाठ्यक्रम, अन्तरराष्ट्रिय स्तरका प्रोफेसर, फराकिलो क्षेत्रफल भएको कारणले पनि शारदा युनिभर्सिटी विद्यार्थीको लागि एउटा निकै राम्रो रोजाइ हो। विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै छात्रवृत्ति योजना पनि ल्याउने गरेको छ। यस्तै विश्वविद्यालयमा विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्दै आएको छ।
अब पत्रकारिता पढ्न कलेज जानै नपर्ने
काठमाडौं। अब पत्रकारिता पढ्न कलेज जानु नपर्ने भएको छ । पत्रकारिता बिषय अब घरमै बसेर पढ्ने सुबिधा खुला विश्वविद्यालयले ल्याउन लागेको हो । सोमबार नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन अन्तर्गत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुवै संस्थाबीच असोज २०७६ भित्र स्नातक, स्नातकोत्तर तहको पहिलो सेमेष्टरको अध्ययन प्रारम्भ गर्नेसमेत सहमति भएको हो । उक्त अध्यनलाई स्नातक, स्नात्तकोत्तर हुँदै एमफिल र पिएचडीसम्म लगिने छ । विश्वविद्यालयले हाल स्नातक र स्नातकोत्तर स्तरका लागि पाठ्यक्रम विकास गर्ने काम गरिरहेको छ ।विश्वविद्यालय र इन्स्टिच्यूटबीच इन्ष्टिच्यूटको पनि प्रतिनिधित्व हुनेगरी विषय समिति निर्माण गर्ने, कोर्स डिजाइन गर्नेसमेत सहमति भएअनुसार काम थालिएको हो । नेपाल खुला विश्वविद्यालयको प्राज्ञिक ज्ञान र नेपाल प्रेस इन्ष्टिच्यूटको आमसञ्चारसम्बन्धी प्रयोगात्मक ज्ञानको संयुक्त मिश्रणबाट दक्ष जनशक्तिको उत्पादन गर्नु सहमतिको उद्देश्य रहेको खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माले बताए । विविध कारणले प्रत्यक्ष कक्षामा सरिक हुन नसक्ने, नेपाल मात्र नभई विश्वको जुनसुकै कुनामा रहेका, जुनसुकै उमेरका व्यक्तिहरुलाई उनीहरुकै अनुकूल समय र गतिमा इन्टरनेटको माध्यमद्वारा अध्ययन पूरा गर्ने-गराउने कार्यक्रमको उद्देश्य रहेको छ । पत्रकारिता तथा आमसञ्चार संकायबाट माध्यमिक शिक्षा (उच्च) पूरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले खुला विश्वविद्यालयमा स्नातकोत्तरमा भर्ना हुनसक्नेछ ।
कक्षा १२ को परीक्षा शुरु, ११ को वैशाख २९ बाट, नौ लाख ३६ हजार परीक्षार्थी सहभागी हुँदै
भक्तपुर । कक्षा १२ को परीक्षा आइतबारदेखि शुरु भएको छ । ११ को परीक्षा बैशाख २९ गतेबाट हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने बताउँदै उनले कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहने बताए । आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । सबभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा १२२ वटा र सबैभन्दा कम मनाङ/मुस्ताङमा एक/एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । परीक्षा केन्द्रमा सिसी क्यामराः गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ । बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको जानकारी दिँदै उहाँले बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाटै देशैभरको परीक्षाबारे जानकारी लिने व्यवस्था गरिएको बताए । परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ । परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिलाई तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ भने परीक्षामा अमर्यादित काम गर्र्ने व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्नसक्ने व्यवस्था गरिएको अर्यालले जानकारी दिनुभयो । बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«सन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ । बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेसन नम्बर इन्ट्री गरी हेर्नसक्ने व्यवस्था गरेको सदस्य–सचिव अर्यालले जानकारी दिए । परीक्षाका लागि प्रदेश १ मा १९७, २ मा ११५, ३ मा ३०३, गण्डकीमा ११८, प्रदेश ५ मा १६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा ११९ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ । परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिने भएको छ । रासस