कक्षा १२ को नतिजा सार्वजनिक, ४ लाख मध्ये ३ हजारले मात्रै प्राप्त गरे उच्च तहको जीपीए
काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो। बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए। प्रकाशित नतिजा अनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी १६ हजार २ सय ४, यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ३१ हजार, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७, १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९, १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार, ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना र सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो । नतिजा कसरी हेर्ने ? नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएमएस पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ । उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ।
इन्जिनियरिंगका विद्यार्थीद्धारा विभिन्न प्रविधिको विकास
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीले विभिन्न नयाँ प्रविधिको विकास गरेका छन् । कलेजमा इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू बिनिता भट्टराई, संदिपराज घिमिरे र रेजिना विष्ट सम्मिलित समूहले आवाजबाटै घरायसी विद्युतीय उपकरणहरू अन अफ गर्न सकिने प्रविधिको विकास गरेका थिए । आई.ओ.टी. बेष्ड होम अटोेमेशन नाम दिईएको सो प्रविधिको प्रयोगले मोवाइल फोनबाट गुगल असिष्टेन्टको सहायतामा विद्युतीय उपकरणहरू जस्तै बल्व, फ्यान टाढैबाट अन अफ गर्न सकिने जनाइएको छ । यसरी, इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत अर्का विद्यार्थीहरू सरोज चौधरी, हिमाल दाहाल, निश्चल राई तथा चन्द्र प्रकाश रावल सम्मिलित समूहले आफ्नो परिधिभित्र आएका बस्तुहरुको वास्तविक स्थान, कोण र सापेक्षिक आकारको जानकारी दिन सक्ने प्रविधिको विकाश गरेका छन् । सोलार मनिटरिङ्ग सिस्टम नामक उक्त प्रविधिको प्रयोगले सुरक्षाको चुनौतिलाई हल गर्न मद्दत गर्दछ । यसैगरी, कलेजमै अध्ययनरत विद्यार्थीहरू आशिष यादव, अनिल तिरुवा, सिदार्थ यादव र वाहिद मियाँहरूले ठूलाठूला कारखानाहरूमा सामान ओसारपोसार तथा अस्पतालको सरसफाईको कार्य गर्न सक्ने लाईन फलोइङ रोवोट बनाएका थिए । यस्तै इलेक्ट्रोनिक्स दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरू अनिलकुमार यादव, आनन्द कुमार यादव र बलराम रायले लर्न ‘ए टु जेड’ नामक कम्प्युटर सफ्टवेर बनाएका थिए । यसद्वारा बच्चाहरूले सजिलै श्रव्य तथा दृष्यका माध्यमबाट अंग्रजी बर्ण तथा शब्दहरू सिक्न सक्दछन् । उक्त कार्यक्रम चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपकप्रसाद भट्टराईबाट संयुक्त रूपमा गरिएको थियो । कलेजमा विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेको ज्ञान प्रदर्शनीको रुपमा प्रोजेक्ट इक्जिविशनको रुपमा कार्यक्रम गरेको कलेजका कार्यबाहक प्राचार्य दीपक धामीले बताएका हुन् । २०१४ देखि वर्ष विराएर यस्तो कार्यक्रम गर्दै आएको नेपाल इन्जिनियरिंग कलेज इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्रोजेक्ट म्यानेजर एवं एक्जिविशन कोअर्डिनेटर सचिन श्रेष्ठले जनाएका छन् ।
लर्ड बुद्द एडुकेशन फाउण्डेशनको ब्राण्ड एम्बेसडर प्रदिप खड्का
काठमाडौं। लर्ड बुद्द एडुकेशन फाउन्डेसन ग्रुप अफ इन्सटिच्यूसनले नायक प्रदीप खड्कालाई आफ्नो ब्राण्ड एम्बेडरका रुपमा नियुक्त गरेको छ । खड्का संस्थाको भूतपूर्व विद्यार्थी तथा अहिलेका सिनेमा जगतका लोकप्रिय नायकमा पर्छन्। उनले संस्थाबाट आफ्नो स्नातक तथा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका हुन् । लर्ड बुद्द एडुकेशन फाउन्डेसन नेपालमा सूचना प्रविधि अध्ययन अध्यापन गराउने नेपालको पहिलो नीजि संस्था हो । गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा स्थापना गरिएको संस्थाले उच्च शिक्षाका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ । १००० भन्दा बढी विद्यार्थी हाल यस संस्थामा अध्ययनरत छन् भने ८००० भन्दा बढी विद्यार्थीले यस संस्थाबाट उच्च शिक्षा प्राप्त गरिसकेका छन् । हाल यस संस्थाले एशिया प्यासिफिक यूनिभर्सीटी अफ टेक्नोलोजी एण्ड इनोभेसन, मलेसियाको सम्बन्धन प्राप्त गरी सूचना प्रविधि र व्यवस्थापन संकायमा स्नातक तथा स्नातकोत्तरका कक्षाहरु संचालन गरिरहेको छ । पाटन कलेज अफ प्राेफेसनल स्टडिज, लर्ड बुद्ध एडुकेशन फाउन्डेसनको भगिनी संस्थाको रुपमा रहेको छ । संस्था स्थापना गर्नुको मुख्य उद्देश्य भनेको उज्वल भविष्य निर्माणका लागि नेपालमा नै अन्तर्रार्ष्ट्य स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको फाउन्डेशनले बताएको छ। कलेजले यहि श्रावण २५ गते ओपन हाउस इभेन्ट संचालन गर्ने भएको छ जसमा सहभागीहरुले विभिन्न सांगितिक प्रस्तुतीहरुका साथै मनोरञ्जनात्मक खेलहरु, दक्षहरुद्वारा करियर गाइडेन्सका साथै अन्य थुप्रै कुराहरुको मजा उठाउन सक्ने छन् । एल.वि.ई.एफ. क्याम्पसले अध्ययन अध्यापनलाई थप टेवा पु¥याउन दश भन्दा बढि अनलाइन पुस्ताकालयहरुको पनि व्यवस्था गरेको छ । शिक्षा तथा व्यवसायमा रहेको गहिरो खाडल हटाउन संस्थाले मनिपाल प्रो– लर्नसँग सहकार्य गरि ५० भन्दा बढि आवश्यक व्यवसायिक कोर्सहरु प्रदान गर्ने गरेको छ । यसका साथसाथै एल.वि.ई.एफ. गु्रप अफ इन्सटिच्यूसनले कम्प्यूटरमा आधारित क्यारियर एसेस्मेन्ट संचालन गर्न लागेको छ । यो एक वैज्ञानिक पद्घती हो जसले औंठाछापको अध्ययनद्वारा व्यत्तिको व्यक्तित्व र क्षमता पत्ता लगाउने गर्दछ । हाल विश्वमै प्रचलित यस टेस्टले लोकप्रियता हाँसिल गर्दै आइरहेको छ । यस टेस्टको विकास न्युरोसाइन्स, इम्ब्रोलोजी, जेनेटिक्स, मनोविज्ञान तथा डर्माटोग्लाफिक्समा आधारित भई दक्ष चिकित्सक तथा वैज्ञानिकहरुले गरेका हुन् ।