कैलाश विकास बैंकले बिद्यालयलाई दियो कम्प्यूटर तथा फोटोकपी मेसिन
काठमाडौँ । कैलाश विकास बैंकले २० फागुनमा अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्दु्रक, कास्कीमा रहेको मेश्रम वराह माध्यामिक विद्यालयलाई २ थान कम्प्यूटर र १ थान फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्रीहरु हरुतान्तरण गरेको हो । यस कार्यक्रमबाट यस विद्यालयका पूर्व प्राथमिक देखि कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थिहरु प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् । शिक्षक, बिद्यार्थी तथा अभिबावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकको तर्फबाट बुद्धिराज बरालले सूचना प्रविधिको बर्तमान युगमा कम्प्यूटर तथा फोटोकपी मेसिनले विद्यार्थीहरुलाई पठन पाठनमा ठूलो सहयोग मिल्ने तथा विद्यार्थीहरुमा सूचना प्रविधिको पहुंच पु¥याउन सहयोग पूग्ने बताए । उक्त कार्यक्रमको सभापतित्व गरेका बिद्यालय ब्यवस्थापन समितिका का.बा. अध्यक्ष जगतबहादुर गुरुङले यस सहयोगबाट बिद्यालय तथा बिद्यार्थीहरुलाई हौसला मिलेको बताए ।
सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाएका शिक्षक आफै भने खुला प्रतिस्पर्धा जान डराउँछन्
काठमाडौं। शिक्षकहरु खुला प्रतिस्पर्धामा जान डराउनु लाजमर्दो भएको भन्दै नेकपा निकट विद्यार्थी संगठनले राहत शिक्षकहरुको नाममा भएको आन्दोलनको विरोध गरेका छन्। अनेरास्ववियुकी अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले मंगलबार एक विज्ञप्ति जारी गर्दै संघीय शिक्षा ऐन जारी हुने अन्तिम तयारी भइरहेको बेला शिक्षकहरुबाट भएको आन्दोलनको विरोध गरेका हुन्। सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाएका शिक्षकहरुले यस्तो गर्नु लज्जासपद भएको त्यसैले शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी खुला प्रतिस्पर्धामा आउन विद्यार्थी संगठनले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन्। देशभर रहेको करिव चालिस हजार राहत शिक्षक दरबन्दीलाई स्थायी दरबन्दीमा परिणत गर्दै (८० प्रतिशत खुल्ला प्रतिस्पर्धा र २० प्रतिशत आन्तरिक ) प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रस्तावित शिक्षा एनको प्रावधान रहेको छ ।
नेपालयले मनायो ३५ औं वार्षिकउत्सव; उत्कृष्ठ विद्यार्थी, शिक्षक र अभिभावक पुरस्कृत
काठमाडौं । नेपालय एजुकेशन फाउण्डेशनले ३५औं वार्षिकउत्सव मनाएको छ । वार्षिकउत्सावको सन्दर्भमा फाउण्डेशनले अभिभावक दिवस मनाउनुको साथै वर्षभरी विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । कलंकीस्थित शिखर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा फाउन्डेशनका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा नेपालको विभिन्न क्षेत्रको संस्कृति, परम्परा झल्कने गीत, नृत्य, नाटक, जादु, कविता, गजलहरुको उत्कृष्ट प्रस्तुति थियो । कार्यक्रममा प्रमुख अथिति डा नवराज लम्सालले नेपालयका विद्यार्थीहरुको प्रस्तुतिमा राष्ट्रियताको भावना, नेपालको विविध संस्कृति पक्ष, विद्यालयको मौलिकता प्रष्ट रुपमा देखिएकोमा प्रसंशा गरे । नेपालीले सबैभन्दा पहिला नेपाललाई माया गर्नु पर्ने, दोस्रोमा बुबाआमालाई माया गर्नुपर्ने, तेस्रोमा गुरु (शिक्षक शिक्षिका)लाई माया गर्नुपर्ने बताए । काठमाडौं जिल्ला शिक्षा कार्यलयको विद्यालय निरीक्षक बुद्धि भट्टले काठमाडौंका राम्रा स्कूलहरु मध्ये नेपालय उच्च माध्यमिक विद्यालय एक रहेको बताउँदै काठमाडौंमा निजी विद्यालयले गरेको योगदानको प्रशंशा गरे । स्कूल तथा कलेजले दिने शिक्षा केवल प्रमाणपत्रको लागि मात्र नभई व्यवहारिक ज्ञानको लागि हुने पर्नेमा जोड दिदै स्कूलहरुको विद्यार्थीको जीवनलाई उत्कृष्ट बनाउन शिकाउनु पर्ने बताए । सो कार्यक्रममा नेपालय फाउण्डेशनले स्टुडेन्ट अफ द एयरमा सिनियरतर्फ आस्था पौडेललाई र जुनियरतर्फ रानु गोपालीलाई पुरस्कृत गरेको छ । त्यस्तै, उत्कृष्ट शिक्षकको रुपमा कुसहरि मगर र उत्कृष्ट अभिभावकतर्फ अमिता बलामीलाई सम्मानित गरेको छ । नेपालय एजुकेशन फाउण्डेशनले नर्सरीदेखि मास्टरडिग्रीसम्मको शिक्षा प्रदान गर्दै आएको फाउण्डेशनका अध्यक्ष डा खोमराज खरेलले बताए । प्राचार्य मनोज थापा मगरका अनुसार नर्सरीदेखि १२ कक्षासम्म १५५० विद्यार्थी छन् । स्नातक र स्नातकोत्तरमा करिव ७५० विद्यार्थी छन् । सबै तहमा गरी १७५ जना शिक्षक शिक्षिकाले अध्यापन गराउछन् भने प्रशासनतर्फ २१ जना कर्मचारी छन् ।