काठमाडौं र पोखरामा ग्लोबल रिचको एजुकेसन फेयर सम्पन्न, चितवन र बुटवलमा हुँदै

काठमाडौं। ग्लोबल रिच नेपालको गत शनिबार अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएकाे छ। फेयरमा नौसयभन्दा बढि विद्यार्थी सहभागी भएकाे ग्लोबल रिचले जानकारी दिएको छ। बिहान १० बजेबाट ५ बजेसम्म सञ्चालित मेलामा अपेक्षाभन्दा राम्रो संख्यामा विद्यार्थीहरु सहभागी भएको ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजले बताए । मेलामा अष्ट्रेलियाका ३५ वटा विश्वविद्यालय एवं केलेजहरु सहभागी थिए । अष्ट्रेलियाका यति धेरै शैक्षिक संख्याहरु सहभागी गराई मेला गर्ने ग्लोबल रिच एक मात्रै संस्था हो । सन् २०१२ देखि नै यसरी मेला गर्दै आएको यस संस्थाले आइतबार पोखरामा सम्पन्न गराइ सोमबार चितवनमा र मंगलबार बुटवलमा पनि मेला गर्दैछ । चितवनको भरतपुर गार्डेन रिसोर्टमा र बुटवलस्थित ग्लोबल रिचको कार्यालय ९राजमार्ग चौराहा, प्रधान हाइट, पहिलो तल्ला०मा मेला आयोजना हुनेछ । मेलामा विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गरी आफूले पढ्न चाहेको विषय, भर्ना प्रक्रिया, छात्रवृत्ति जस्ता कुराहरुमा परामर्श लिएको भन्दै बजाजले विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र कुरा बुझ्नसक्ने भएकाले पनि यो मेलाको विशेष महत्व रहेको बताए । साथै, पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक कर्जा लिने प्रक्रियाको जानकारीका लागि एनएमबि बैंक, नबिल बैंक, एसबिआई बैंक, सिद्धार्थ बैंक र माछापुछ्रे बैंकका स्टलहरु रहेका थिए । जो विद्यार्थीहरुले तयारीका साथ डकुमेन्ट लिएर अाएका थिए, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाएकाले पनि यस मेलाबाट विद्यार्थीले लाभ लिएको बजाजले बताए ।

कक्षा १२ को परीक्षाफल आज, चार लाख ३५ हजार विधार्थी प्रतिक्षामा

काठमाडौँ । कक्षा १२ को परीक्षाफल आज साँझसम्म प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ को नतिजा आज प्रकाशन हुने जनाएको छ । बोर्डले साँझ ५ बजे सम्ममा सबै विषयको नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले बताए । नतिजा प्रकाशनका लागि आजै बोर्ड बैठक बोलाइएको छ । यस वर्ष चार लाख ३५ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

क्यानडामा अध्ययनः पढाई पछी सजिलै पीआर

काठमाडौं । क्यानडा उच्च शिक्षा अध्ययनको लागी धेरै राम्रा देशहरु मध्ये एक हो । बर्सेनि हजारौं संख्यामा विद्यार्थीहरू क्यानडामा अध्ययनको लागि जाने गर्दछन् । त्यहाँको विश्वविद्यालयको डिग्री अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अन्य देशहरूको तुलनामा कम शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न सक्छन् । पढाई शुल्क सस्तो मात्र होइन छात्रवृत्ति पनि सजिलै पाईने हुनाले विद्यार्थीले क्यानाडामा न्यूनतम शुल्कमा उत्कृष्ट शिक्षा पाउन सक्छन् । यद्यपि अमेरिकाको तुलनामा विश्वविद्यालयहरूको सङ्ख्या कम भएता पनि विश्वविद्यालयको शिक्षा स्तर अमेरिका र युरोपका विश्वविद्यालयहरू सरह रहेको बताइन्छ । पछिल्लो समय क्यानडा धेरै विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । पढाई पूरा गरिएसकेपछी सजिलै पीआर पाइने भनेकोले धेरै विद्यार्थीको रोजार्इमा क्यानाडा पर्न थालेको हो । शैक्षिक परामर्शदाताहरु मास्टर्स अध्ययनको लागि क्यानडा जान सुझाव दिन्छन् किनभने त्यसरी जाँदा विद्यार्थीलाई क्यानाडामा जीवनयापन गर्न सहज हुन्छ भन्ने उनीहरुको भनार्इ छ। त्यहाँको अध्ययनको खर्च विश्वविद्यालय पिच्छे फरक फरक रहेको छ । यधपी अन्तर्रास्ट्रिय विद्यार्थीले क्यानाडामा मास्टर्स अध्ययन गर्नको लागि १० हजार देखी २० हजार क्यानाडियन डलर अर्थात नेपाली ८ लाख देखी १७ लाख सम्म खर्च गर्नुपर्ने हुन्छ । अहिलेको क्यानाडाको १ बर्षको बसार्इ खर्च १२ हजार क्यानडियन डलर अर्थात नेपाली १० लाख रुपैंया रहेको छ। विद्यार्थीले काम गर्ने प्रावधान कस्तो छ ? क्यानाडामा अध्ययन भिसासँगै काम अनुमति भिसा विद्यार्थीहरूलाई दिइएको हुन्छ । क्यानडामा अध्ययनको क्रममा अन्तर्राष्ट्रिय विद्यार्थीले क्याम्पस भित्र र बाहिर काम गर्न अनुमति दिइएको छ । विद्यार्थीलाई क्याम्पस भित्र काम गर्न कुनै अनुमति आवश्यक पर्दैन । क्यानडा सरकारले उनीहरुलाई हप्ताको २० घण्टा अनुमति दिएको छ । क्याम्पस बाहिर विद्यार्थीहरुको लागि होटलहरू, होस्टल, ट्यूशन टिचरको रुपमा पार्ट टाईम काम उपलब्ध हुन्छन् । स्नातक तह पूरा गरेपछि, विद्यार्थीहरूले दुई वर्षका लागि काम गर्न सक्छन् र काम गरेको एक वर्ष पुगेका विद्यार्थीहरुले क्यानडाको स्थायी निवासी(पीआर) हुनको लागि आवेदन दिन सक्छन् । क्यानाडाको आप्रवासन नियमले सजिलाई भिसा दिने गरेको छ । अध्ययनको क्रममा विद्यार्थीहरूले आफ्नो जीवनको आवश्यकतालाई पूरा गर्न हप्तामा २० घण्टासम्म काम गर्न सक्छन्। यस्तै जाडो र गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गर्न पाउँछन् । क्यानडाका विश्वविद्यालय भित्र पनि थुप्रै अवसरहरू उपलब्ध छन्, जुन विद्यार्थीहरूको लागि धेरै धेरै उपयोगी छन् । यस्तै क्यानडामा स्नातकोत्तर पछि विद्यार्थीहरुलाई रोजगारको क्षेत्रमा धेरै अवसर रहेको छ। राम्रो सिप र ज्ञान भएका विद्यार्थीहरुले प्रतिष्ठित कम्पनीहरुमा काम पाउने सम्भावना एकदमै बढी हुन्छ। कति कमाउँछन् ? क्यानाडामा अन्तर्रास्ट्रिय विद्यार्थीहरुलाई घण्टाको १० क्यानाडियन डलर पे गरिने प्रावधान रहेको छ। यसको अर्थ विद्यार्थीहरुले हप्तामा २ सय क्यानाडियन डलर कमाउँछन् र महिनामा ८ सय क्यानडियन डलर कमाउँछन् । ८ सय क्यानाडियन डलर भन्नाले करिब नेपाली ७० हजार हो । यसको साथै जाडो, गर्मी बिदामा विद्यार्थीहरुले फुल टाईम काम गरेर आफ्नो जिविकोपार्जन गर्न सक्छन् । कस्तो छ क्यानाडाको मौसम ? क्यानडाको मौसमको कुरा गर्नु गर्मी मौसम धेरै नै राम्रो हुन्छ । जाडो भने अलिक धेरै नै हुने गरेको छ । गर्मीको समयमा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस सम्म माथि जान्छ । तर, जाडोको समयमा कम्तीमा २० डिग्री सेल्सियस सम्म पुग्नेछ । त्यसैले क्यानडामा मानिसहरु जाडो महिनामा धेरै समय घरभित्र नै बिताउँछन् । (ड्रिम डेस्टिनेसन एजुकेसन फाउन्डेसनको लागि क्यानडाको शैक्षिक परामर्शदाता कपिल उप्रेतीसँग विकासन्युजका लागि डोमी शेर्पाले गरेको कुराकानीमा आधारित )