विद्यार्थी समूहद्वारा वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

चितवन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो । यसै क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आज आगजनी र तोडफोड गरेका अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले जानकारी दिएका हुन् । रासस

लोक सेवाको परीक्षामा मोबाइल र झोला लैजान निषेध

काठमाडौँ । लोक सेवा आयोगबाट लिइने परीक्षामा परीक्षार्थीहरुले परीक्षा हलमा झोला, मोवाइल तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरु लैजान निषेध गरिएको छ । लोक सेवा आयोगले सूचना प्रकाशित गरी यो जानकारी गराएको हो । आयोगको सूचनामा त्यस्ता सामाग्रहरु परीक्षा केन्द्रको गेटबाट भित्र लैजान नदिइने जनाएको छ । लोक सेवाले स्थानीय तहका लागि खुलाएको विज्ञापन अन्तरगत शुक्रबार अधिकृत स्तरको र शनिबार एकै दिन सुब्बा र खरिदार पदको लागि पहिलो चरणको लिखित परीक्षा हुँदैछ । लोकसेवाको विज्ञापन रद्द गर्न सर्वोच्चले अन्तरिम आदेश दिएन लोकसेवाले नयाँ कर्मचारीका लागि विज्ञापन खुलायो, माग १४ हजार, विज्ञापन ९ हजारको मात्रै      

भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीद्वारा आत्महत्या

काठमाडौं। कर्माचारी भर्नामा अनमियतता गरेको आरोपमा भ्रस्टचार मुद्दा खेपिरहेका उपकुलपति (भिसी) कार्यलयका पुर्व कर्माचारी रामबहादुर पाण्डेको ६ तला माथिबाट हामफालेर मृत्यु भएको छ। उनले आत्माहत्या गरेको प्रहरी आशंका गरेको छ। बिहीबार दिउँसो २ बजे त्रिपुरेश्वोरको राधा भवन पेरिसरमा उनी मृत अवस्थामा फेला परेका हुन्। उनी भवनको छैठौं तलाबाट खसेका थिए। भ्रष्टाचार मुद्दाकै विषयमा वकिललाई भेट्न गएका उनले वकिलकै कार्यालयबाट हाम फालेर आत्महत्या गरेको हुन सक्ने प्रहरी आशंका छ । पाण्डेको मृत्युको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं परिसरका एसएसपी उत्तमराज सुवेदीले बताए । लमजुङका पाण्डे त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कापीहरु काट्ने काम गर्थिए। आफन्तलाई भर्ना गर्न उत्तरपुस्तिकाको नम्बर पटक-पटक हेरफेर गरेको आरोपमा उनीसहित पनिकाका १० अधिकारीविरुद्ध गत १८ असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।